ओलीसँग सहकार्य गर्न जापानी प्रधानमन्त्री आतुर

जापानी प्रधानमन्त्री सिन्जो अवेले नेपालको नयाँ सरकारसँग सहकार्य गर्ने बताएका छन्। नेपालको प्रधानमन्त्रीमा निर्वाचित समकक्षी केपी शर्मा ओलीलाई बधाई सन्देश पठाउँदै अवेले ओलीको कार्यकालमा लोकतन्त्र र राजनीतिक स्थायित्वका साथै विकासको गति अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित सामग्री

नेपालकाे आर्थिक विकासका लागि सहकार्य गर्न जापान अग्रसर

काठमाडौँ- जापानी प्रधानमन्त्री किसिडा फुमियोले नेपालका नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई आज बधाई दिएका छन् । नेपालस्थित जापानी दूतावासले एक विज्ञप्तीमार्फत प्रधानमन्त्री फुमियोले पहिलो पटक राष्ट्रपतिमा नियुक्त भएकोमा पौडेललाई आधिकारिक रुपमा बधाई दिएको जानकारी गराएको हो । राष्ट्रपति पौडेलले सोमबार सपथ लिँदै कार्यभार ...

नेपालकाे आर्थिक विकासका लागि सहकार्य गर्न जापान अग्रसर

काठमाडौँ- जापानी प्रधानमन्त्री किसिडा फुमियोले नेपालका नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई आज बधाई दिएका छन् । नेपालस्थित जापानी दूतावासले एक विज्ञप्तीमार्फत प्रधानमन्त्री फुमियोले पहिलो पटक राष्ट्रपतिमा नियुक्त भएकोमा पौडेललाई आधिकारिक रुपमा बधाई दिएको जानकारी गराएको हो । राष्ट्रपति पौडेलले सोमबार सपथ लिँदै कार्यभार ...

जापानद्वारा रुसी कोइला आयातमा प्रतिबन्ध : आठ जना रुसी कूटनीतिज्ञलाई देश निकाला

जापानले रुसबाट कोइला आयातमा प्रतिबन्ध लगाएको छ । जापानी प्रधानमन्त्री फुमिओ किशिदाले रुसी कोइला आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको घोषणा गर्नुभएको हो । यूक्रेनमा आक्रमण गरेको रुसले नागरिकको हत्या गर्ने र आणविक ऊर्जा केन्द्रलाई निशाना बनाउनु अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन गरेको उहाँले टिप्पणी समेत गर्नुभएको छ । जापानले अमेरिका र युरोपेली देशहरूसँग समन्वय गरेर रुस विरुद्धको आर्थिक नाकाबन्दीमा सहकार्य गर्दै आएको छ । प्रधानमन्त्री किशिदाले जापान युक्रेनको साथमा रहेको पनि बताउनुभएको बीबीसीले उल्लेख गरेको छ । भा...

जापानमा सत्तारुढ गठबन्धनले पायो स्पष्ट बहुमत

कात्तिक १५, टोकियो । जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) र यस दलको निर्वाचन सहयोगी कोमेइतोको गठबन्धनलाई प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त भएको छ ।  जापानमा आइतवार सम्पन्न भएको आम निर्वाचनमा प्रधानमन्त्री फुमियो किशिदाको सत्तारुढ गठबन्धनले संसदको तल्लो सदनमा बहुमत हासिल गरेको हो । सोमवार बिहान सार्वजनिक नतिजामा प्रधानमन्त्री फुमियो किशिदाको पार्टी एलडिपी र कोमेइतो सम्मिलित गठबन्धनले बहुमत हासिल गरेको बताइएको छ ।             सो नतिजामा उक्त गठबन्धनले २६१ स्थानमा जित हासिल गरेको छ । संसदको तल्लो सदनमा ४६५ ओटा स्थान रहेका छन् । प्रधानमन्त्री किशिदाको राजनीतिक पार्टी एलडीपीसँग सहकार्य गरेको कोमेइतोले भने ३२ स्थानमा जित हासिल गरेको जापानी सञ्चारमाध्यमहरुले बताएका छन् ।      सरकारले कोभिड–१९ को नियन्त्रणमा गरेका कार्य र आय असमानतासँग असन्तुष्ट मतदाताहरूका कारण यस गठबन्धनले स्पष्ट जित गर्न नसक्ने बताइएको थियो ।            एलडीपीले यसअघि प्रतिनिधि सभामा रहेको २७६ओटा सिटमा केही सिट भने गुमाएको छ । जापानी प्रधानमन्त्री फुमियो किशिदाले तल्लो सदनमा एलडीपी–कोमेइतो गठबन्धनले बहुमत कायम राखेको खण्डमा आफूले जितको दाबी गर्दै सरकार निर्माणका लागि पहल गर्ने बताएका थिए । रासस/  सिन्ह्वा