काठमाडौं : लोकबाजाले नेपालको संस्कृति मात्र नभएर जातीय पहिचान झल्काउन मद्दत गरेका छन्।नेपाली लोकबाजाहरू विभिन्न तरिकाले बजाइन्छन्। कुनैलाई फुकेर, कुनैलाई रेटेर। यतिमात्र होइन् कतिपयलाई ठटाएर बजाइने गरेको छ।तर, पछिल्लो समय नेपालमा लोकबाजा दुर्लभ हुँदै गएका छन्। मादल, सारङ्गी, टुङ्ना, डम्फुजस्ता ठेट नेपाली बाजाहरूले नेपाल र नेपाली संस्कृतिको अस्तित्व राखे पनि नयाँ पुस्तामा यसको महत्व घट्दै गएको सरोकारवालाहरू बताउँछन्।लोकबाजाको संरक्षण र प्रवर्द्धन गर्न २०५८ सालमा स्थापना भएको राष्ट्रिय