काठमाडौं : जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। ललितपुरमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-४ ईमाडोल ग्रिनहिल सिटी बस्ने कञ्चनपुर भीमदत्त नगरपालिका-४ घर भएका ३८ वर्षीय सुशिल चटौतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।चटौतले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।यस्तै, पाल्पामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग