कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले बुधवार पीसीआर परीक्षण गराएका थिए ।
पीसीआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी राजाराम दाहालले जानकारी दिए ।
मन्त्री बडूको स्वास्थ्य अवस्था सामान्य रहेको र अब केही दिन आइसोलेसनमा रहने उनले जानकारी दिए ।