प्रदेश १ सरकारले दुईवटा अध्यादेश ल्याउने तयारी गरेको छ । बिजनेस अभावमा कार्यकाल सकिनुभन्दा १५ दिनअघि नै प्रदेशसभाको अन्तिम तथा बजेट अधिवेशन अन्त्य गरेको प्रदेश सरकारले अध्यादेशमार्फत सरकार सञ्चालन गर्न लागेको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।