ज्नकपुरधाम, १५ मंसिर : जनकपुरमा २२ मंसिरदेखि आयाेजन हुन लागेकाे रामजानकी विवाह पञ्चमीलाई मध्यनजर गर्दै जनकपुरधाममा वृहत सरसफाइ अभियान सुरु भएकाे छ । बुधवार विहान प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितको सहभागितामा रंगभूमि मैदान बाह्रबिघा, जानकी मन्दिर आसपास सरसफाइ गरिएको छ । जनकपुरधाम उपमहनगरपालिकाको अगुवाईमा भएको कार्यक्रममा मुख्यमन्त्री राउत आफै झाडु बोकेर सरसफाईमा उत्रिएका थिए । कार्यक्रममा जनकपुर उपमहानगरका मेयर […]