काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने तयारीप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत उनले निर्वाचन प्रक्रिया अघि बढिसकेको अवस्थामा निर्वाचन आयोगको पूर्व घोषणाविपरीत स्वेच्छारी र अलोकतान्त्रिक कदम चालेको भन्दै यसलाई बन्द गर्न माग गरेका छन् । ‘प्रतिनिधिसभाको निर्वाचनको प्रक्रिया अघि बढिरहेको र धेरैजसो सांसद काठमाडौंमा नभएको स्थितिमा संसदमा विभिन्न ऐन संशोधन […]