मेयरमा लड्ने भन्दै राजीनामा दिएका एक मन्त्रीले टिकट नपाएपछि अन्ततः राजीनामा पत्र फिर्ता लिएका छन् । मधेस प्रदेशका कानून, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोदकुमार यादवले सिरहा नगरपालिकाको मेयरमा लड्ने भन्दै शुक्रबार मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।तर नेकपा एकीकृत समाजवादीलाई मेयर पद नदिने सत्ता गठबन्धनको निर्णयपछि उनले राजीनामा फिर्ता लिएका हुन् । मन्त्री यादवले भने, ‘मेयरको टिकट नपाएपछि मन्त्री र प्रदेश सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएको छु ।’उनले राजीना