काठमाडौं । आर्थिक पुनरुथान तथा सहुलियतपूर्ण कर्जाको विषयलाई लिएर व्यवसायीहरु आन्दोलित भएका छन् । कोभिड–१९ का कारण व्यवसायिक सन्तुलन गुमाएका र ठूलो आर्थिक संकटमा फसेका पीडित व्यवसायीहरुले सहुलियपूर्ण कर्जा पाउन नसकेको भन्दै आन्दोलनका कार्यक्रम अघि सारेका हुन् । सरकारले आर्थिक प्याकेज ल्याउँदा ९५ प्रतिशतमाथिका मध्यम तथा लघु, घरेलु तथा साना उद्योग व्यवसायीहरुलाई प्राथमिकतामा नराखि केही ठूला व्यवसायीहरुलाई मात्र पक्षपोषण हुने गरी ल्याएको र बाँकी कर्जा समेत बैंकका कारण वास्तविक पीडित व्यवस