काठमाडौँ- नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले २ केजी ६ सय ५४ ग्राम अवैध लागूऔषध कोकिनसहित तीन जना विदेशी महिलालाई पक्राउ गरेको छ ।
ब्यूरोले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अन्दाजी रु ७ करोड ९६ लाख रुपैयाँ बराबरको कोकिनसहित दुई जना युगान्डा र एक भारतीय महिलालाई पक्राउ गरी सार्वजनिक गरेको हो । ...