काठमाडौँ – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्लीमा उडान गर्ने भएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले मङ्सिर १२ गतेदेखि गौतमबुद्ध विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय उडानका रुपमा नयाँदिल्ली उडान गर्ने भएको हो। भैरहवा–नयाँदिल्ली गन्तव्यमा साताको चार उडान सञ्चालनको तयारी भएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। उनका अनुसार सोमबार, बुधबार, […]