काठमाडौं । काठमाडौंमा फेरि फोहोर थुप्रिएको छ । काठमाडौं महानगरभित्रका विभिन्न स्थान तथा गल्लीहरूमा हप्ता दिनभन्दा बढी समयदेखि फोहोर उठाएको छैन ।
फोहोर नउठाइँदा चोक–चोकमा फोहोरको डंगुर थुप्रिएर दुर्गन्धित बनेको छ । कहिले विसर्जनस्थल सिलडोलवासीको आन्दोलन त कहिले अरू कारणले गर्दा विभिन्न समयमा काठमाडौंमा हप्तौँसम्म फोहोर थुप्रिने गरेको छ ।