कोरोना सङ्क्रमणबाट प्रभावित कुष्ठरोगीलाई एक सामाजिक संस्थाले आर्थिक सहयोग गरेको छ । ‘एशोसिएसन फर आइडिया नेपाल’ले कोरोनाबाट प्रभावित २४० कुष्ठरोगीलाई सहयोग उपलव्ध गराएको हो । प्रदेश नं १ का मोरङ, सुनसरी र झापाका कुष्ठरोगीलाई खाद्यान्न, उनीहरुका छोराछोरीलाई छात्रवृत्तिबापत रु ६ हजार पाँच सय तथा व्यवसाय सञ्चालनका लागि जनही रु २५ हजार उपलब्ध गराएको कार्यक्रम संयोजक देवेन्द्र डङ्गोलले जानकारी दिए । संस्थाले कुष्ठरोगीको घर–घरमा गएर उक्त सहयोग उपलव्ध गराएको हो । “