वडा अध्यक्षमा नेमकिपाले खाता खोल्यो

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं. ४ मा भएको वडा अध्यक्षको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टी व्जियी भयको छ । भरखर सकिएको मतगणनामा नेपाल मजदुर किसान पार्टीको तर्फवाट उम्मेदवार खड्कराज शाही विजयी हुनुभएको हो ।

सम्बन्धित सामग्री

रमेश खरेलको पार्टीले खाता खोल्यो

काठमाडौं, ३ जेठ। पूर्व डिआइजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले स्थानीय निर्वाचनमा खाता खोलेको छ । पर्साको पोखरीया नगरपालिका–९ को वडा अध्यक्षमा सुशासन पार्टीका उम्मेदवार नौशाद आलम विजयी भएर खाता खोलेका हुन् । आलमले ८ सय ७७ मत प्राप्त गर्दा कांग्रेसका रामबाबु चौहानले ६७८ मत मत प्राप्त गरे। पोखरीया नगरपालिकामा सुशासन पार्टीका मेयरका उम्मेदवार […]

कांग्रेसले खोल्यो खाताः हेलम्बुमा दोहोरिए शेर्पा

स्थानीय तह निर्वाचनमा हेलम्बु गाउँपालिका जितेर कांग्रेसले सिन्धुपाल्चोकमा खाता खोलेको छ। कांग्रेस उम्मेदवार निमाग्याल्जेन शेर्पा अध्यक्षमा पुनः दोहोरिएका छन्।...

चितवनमा एकीकृत समाजवादीले खाता खोल्यो

चितवनका ९८ वटा वडामध्ये २८ वडाको मतपरिणाम सार्वजनिक भएको छ । चितवनमा नेकपा (एकीकृत समाजवादी)ले विजयको पहिलो खाता खोलेको छ । माडी नगरपालिका–७ को अध्यक्षमा पाँच दलीय गठबन्धनबाट एकिकृत समाजवादीकी उमेदवारको विजय भएको हो ।वडा अध्यक्ष जित्नेमा समाजवादीकी चन्द्र कुमारी बानिया पहिलो महिला बनेकी छन् । जिल्लामा हालसम्म सार्वजनिक भएका वडाहरुको विवरणमा कोहि पनि महिलाले वडाध्यक्ष जितेका छैनन् । बानियाले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का विष्णु प्रसाद आचार्यलाई ३५ मतान्तरले पराजित गरेकी हुन् ।बानियाले

भरतपुरमा एमालेले खाता खोल्यो

काठमाडौं :  चितवनको भरतपुर महानगर पालिकामा नेकपा एमालेले खाता खोलेको छ। भरतपुर महानगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा विकास थापा विजयी भएसँगै एमालेले भरतपुरमा खाता खोलेको हो। उनले १६६६ मत पाउँदा लामिछानेले १०४९ मत पाए। भरतपुरको वडा नम्बर ३ कांग्रेसको गढ मानिन्छ। तर यसपटक वडाध्यक्ष उम्मेदवार बनाउने बेलामा यहाँ विवाद भएको थियो।वडा नम्बर ३ को अध्यक्षका लागि कांग्रेसबाट तारामित्र पण्डितको नाम मात्र सिफारिस भएको थियो उनलाई  वेवास्ता गर्दै क्षेत्रीय सभापति भरतप्रसाद लामिछानेले आ

काठमाडौं महानगरमा खोल्यो एमालेले खाता

महानगरपालिका वडानम्बर १ को अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । वडानम्बर १ को मत गणनामा एमालेका वडाध्यक्ष उम्मेदवार भरतलाल श्रेष्ठ ६२२ मत ल्याएर विजयी भएका हुन् ।योसँगै एमालेले काठमाडौं महानगरमा विजयीको खाता खोलेको हो । श्रेष्ठका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका किरण श्रेष्ठले ५९८ मत पाएका छन् । त्यस्तै स्वतन्त्रका राजकुमार श्रेष्ठले ४४१ मत ल्याएर तेस्रो स्थान हासिल गरेका छन् ।

झापामा राप्रपाले हल्दीबारीबाट खाता खोल्यो

झापा : राप्रपाले हल्दीबारी गाउँपालिका १ झापाबाट खाता खोलेको छ। हल्दीबारी १ मा राप्रपाले वडा अध्यक्षसहित प्यानल नै जितेकाे हाे।निवर्तमान वडा अध्यक्ष एमालेका त्रिलोचन सापकोटालाई हराउँदै राप्रपाका देवीबहादुर थापा वडा अध्यक्षमा निर्वाचित भएका हुन्। थापाले सापकोटालाई ३६८ मतान्तरले हराएका हुन्।थापाले १९६८ र सापकोटाले १६०० मत ल्याएका छन्। त्यस्तै वडा सदस्यहरूमा राप्रपाका प्रकाश कार्की, कुलबहादुर राई, शान्ता खतिवडा शिवाकोटी र रुपा देवी रसाइली निर्वाचित भएका छन्।गाउँपालिकाको अध्यक्षमा राप्रपाका रवीन

अर्घाखाँचीमा माओवादी केन्द्रले खोल्यो खाता, मालारानी-९ मा खनाल विजयी

अर्घाखाँची, ३१ वैशाख : अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका-९ को अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का महेन्द्र बाबु खनाल निर्वाचित भएका छन् । एमालेका विष्णुप्रसाद पौडेललाई ८७० मतले पछाडि पार्दै खनाल वडा अध्यक्षमा निर्वाचित भएका हुन् । वडा नम्बर ९ को मतगणना पालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका पदक क्षेत्रीले ९४८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका […]

डडेल्धुरामा एमालेले खाता खोल्यो

डडेल्धुरामा नेकपा एमालेले खाता खोलेको छ। आलिताल गाउँपालिका– १ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर देउवा (योगेन्द्र) विजयी भएका छन्। देउवाले नेपाली काँग्रेसका गम्भीर सिंह बोहरालाई हराउँदै वडाध्यक्षमा विजयी भएका हुन्। देउवाले ४ सय ५७ मत प्राप्त गर्दा उनको निकटतम प्रतिद्वन्द्वी बोहराले ३७७ मत ल्याए।महिला सदस्यमा हिमा ओली ४ सय २४ र दलित महिला सदस्यमा नारदादेबी कामी ३ सय ९२ मत प्राप्त गर्दै विजय भएका छन्। उनको प्यानलका खुला सदस्य प्रकाश थापा ३४८ र तुलाराम बोहरा ३६७ पराजित भएका छन्।ख

मओवादी केन्द्रले पालिका प्रमुखमा खाता खोल्यो, डोल्पाको जगदुल्लामा रोकाय विजयी

काठमाडौं, ३१ बैशाख। नेकपा (माओवादी केन्द्र) ले गाउँपालिकामा पहिलो जित निकालेको छ। डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारासिंङ रोकाय विजयी भएका छन् । त्यस्तै, उपाध्यक्षमा पनि माओवादी केन्द्रकै अमृता लामा विजयी भएकी छिन् । उक्त गाउँपालिकाको तीन वटा पनि माओवादीले जितेको छ। रोकायले ७७० मत ल्याएर जित हाँसिल गरेका छन् । उनका प्रतिष्पर्धी […]

कञ्चनपुरमा माओवादीले खाता खोल्यो, बेलौरी–१ को अध्यक्ष बने विष्ट

३१ वैशाख, कञ्चनपुर । महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–१ को वडा अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विष्ट विजयी भएका छन् । विष्ट ६ सय ५९ मत ल्याउँदै वडा अध्यक्षमा विजयी भएका हुन् । एमालेका नमराज शाहीले ५ सय ५२ मत पाउँदा कांग्रेसका खुसीराम चौधरीले ३ सय ५२ मत ल्याएका छन् । बेलौरीको मेयर र उपमेयरमा पनि […]