प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओली चुनावी घोषणा–पत्र लेख्ने तयारीमा लागेका छन् ।
घोषित मिति अनुसार चुनाव हुन ३ महिना बाँकी रहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहेका ओली घोषणा–पत्रको तयारीमा लागेका छन् ।
घोषणा–पत्रमा समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन ओलीले देशभरका नेता कार्यकर्तालाई परिपत्र गरेका छन् ।
गत बिहीवार देशभर पठाइएको विशेष परिपत्रमा लेखिएको छ, ‘आगामी प्रतिनिधिसभा निर्वाचनका लाग...