मोरङ जिल्लाको विराटनगर महानगरपालिका १९ स्थित ऋषिवन पोखरीमा साउन १६ गते डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।सोही ठाउँ बस्ने ३० वर्षीय फुलु ऋषिदेव उक्त पोखरीमा माछा मार्ने क्रममा बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण कंकालिनीको टोलीले उनको शव फेला पारेको हो । सशस्त्र प्रहरीले उनको शव नेपाल प्रहरीलाई बुझाएको छ ।