पूर्वी नवलपरासी जिल्ला पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा भएको छ । राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनुपर्ने सम्पूर्ण खोपहरू बालबालिकाले पाएपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।
रुपन्देही । पश्चिम नवलपरासी कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित भएको पहिलो जिल्ला घोषणा भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले कोभिडविरुद्धको पूर्ण खोप घोषणामा नवलपरासी जिल्ला नेपालमै पहिलो बन्न सफल भएको बताएका छन् । कोभिड–१९ विरुद्धको खोप सञ्चालन तथा व्यवस्थापन सम्बन्धी जिल्ला समन्वय समितिको सोमबार बसेको बैठकले जिल्लालाई कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित भएको जिल्ला […]
खोप समन्वय समितिको आजको बैठकबाट नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)लाई नेपालकै पहिलो कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।
जन्मेदेखि १५ महिनाका बालबालिकाहरुले लगाउने १३ प्रकारका सबै खोप लगाएपछि जिल्ला समन्वय समितिका प्रमुख भगवती यादवले जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला घोषणा गरेका हुन् ।