नेपाल निर्माण व्यवसायी महासंघले साउन एक गतेबाट सबै निर्माण कार्य ठप्प पार्ने निर्णय गरेको छ । सार्वजनिक खरिद नियमावली (छैठौं संशोधन) २०७५ का केही बुँदाविरुद्ध आन्दोलित महासंघले बुधबार राजधानीमा राष्ट्रिय भेला मार्फत् आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
साउन एकअघिका लागि महासंघले आन्दोलनका अन्य कार्यक्रम समेत सार्वजनिक गरेको छ । आन्दोलनका कार्यक्रम अनुसार व्यवसायीले इजाजत पत्र सरकारलाई बुझाउने छन् भने कार्यक्षेत्रमा कालोपट्टी बाँधी काम गर्ने बताएका छन् । साथै निर्माण उपकरणमा पनि कालो झण्डा राखिने महासंघले जनाएको छ ।