संयुक्त राष्ट्रसंघले इथियोपियामा मानवीय सहायताको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको जनाएको छ । उत्तरी इथियोपियाका नागरिक खाना खान पनि नपाउने अवस्थामा पुगेका संयुक्त राष्ट्रसंघले जनाएको छ । त्यहाँ लामो समयदेखि द्धन्द्ध जारी रहेको छ ।संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकाय, ओचाले बिहीबार इथियोपियाको उत्तरी क्षेत्र टिगरेको अवस्था दिन प्रतिदिन बिग्रँदै गएकाले आवश्यक सहयोगका लागि विश्व समुदायको ध्यानाकर्षण गराएको हो । सो क्षेत्रमा अहिले पनि ८ लाख भन्दा बढी नागरिकले सहायताको खाँचो रहेको बता