लुम्बिनी प्रदेशका ८ जिल्लामा काँग्रेसको गाउँ नगर अधिवेशन सुरु भएको छ । प्रदेशका बाँके, कपिलवस्तु, गुल्मी र बर्दिया बाहेकका जिल्लामा गाउँ नगर अधिवेशन सुरु भएको हो । प्रदेशका ८ जिल्लामा अधिवेशन सुरु भएको र बाँकी ४ जिल्लामा विभिन्न कारणले रोकिएको काँग्रेसले जनाएको छ ।बाँकेमा क्रियाशील सदस्यताको लिष्ट नआएपछि अधिवेशन रोकिएको हो भने गुल्मीसहित ३ जिल्लामा पार्टीभित्रको आन्तारिक विवादका कारण अधिवेशन रोकिएको हो । गुल्मीमा केहि वडामा आएको नामलिष्ट सिस्टम अपलोड गर्न बाँकी रहेकाले कार्यक्रम सम्पन्न गर्न नसक