काठमाण्डाै – माैसमविद्हरूले पालिका चुनावकाे दिन वैशाख ३० गते देशभर पानी पर्ने प्रक्षेपण गर्दै आवश्यक पूर्वतयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन् । बङ्गलाकाे खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आज आइतवार समुद्री आँधीका रूपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पूर्वतयारी गर्न माैसमविद्हरूले सुझाएका हुन् । पछिल्लो विकसित प्रणालीबारे न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायुविद् डाक्टर धर्मराज उप्रेतीले 'आसानी' नाम दिइएको यस आँधी निकै तीव्र गतिमा चलेको बताउनुभय...