राजेन्द्र महतो भन्छन्- मुद्दा फिर्ता सकारात्मक संकेत हो, सत्ता गठबन्धनका लागि संविधान संशोधन प्रक्रिया अघि बढ्नुपर्छ
'जुन कारणले हामीले सरकारलाई दिएको समर्थन फिर्ता लियौं। त्यसको सम्बोधन हुनुपर्छ। यस्तो अवस्थामा हामी पार्टीबाटै निर्णय गर्छौ,' उनले भने,'पार्टीभित्र अहिले फरक-फरक विचार भए पनि निर्णय भइसकेपछि सबैको एकमत हुन्छ।'
काठमाडौं । मधेशवादी दल जनता समाजवादी पार्टीले सत्ता साझेदारी खोजेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीनवटा सर्त राखेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा एमालेसँग भएको छलफलमा जसपा नेताहरुले तीन सर्त अघि सारेका हुन् ।
बिहीवार साँझ झन्डै तीन घण्टा भएको छ्लफलमा जसपाले थुनामा रहेका रेशम चौधरीको रिहाइ, मधेश र थरुहट आन्दोलनमा सहभागी नेता कार्यकर्तामाथि लागेको मुद्दा खारेज र संविधान संशोधन हुनुपर्ने पुरानै माग दोहोर्याएको हो ।
छलफलपछि जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुले पुरानै माग अघि सारेको र प्रधानमन्त्रीले छलफल गर्न तयार छु भन्ने जवाफ पाएको बताउनुभयो ।
जसपाको बिहीवार बसेको बैठकले राजनीतिक संकट समाधानका लागि संसदमा रहेका एमाले, काङ्ग्रेस र माओवादी केन्द्रसँग शीर्ष ५ नेताले संयुक्त छलफल गर्ने निर्णय गरेको थिय ्। सोही आधारमा आज प्रधानमन्त्री ओलीसँग छलफल गरेको हो ।
छलफलमा जसपाबाट अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र राजेन्द्र महतो तथा लक्ष्मणलाल कर्ण थिए भने नेकपा (एमाले) बाट पार्टी अध्यक्ष उवम् प्रधानमन्त्री ओली, उप–महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, राजन भट्टराई लगायत नेताहरु सहभागी थिए।
सत्ता साझेदारीकै लागि जसपाले यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरिसकेको छ भने कांग्रेस सभापति देउवासँग भेट गर्ने जनाएको छ । सत्ता समिकरणमा ‘निर्णायक भूमिका’ मा रहेको जसपाले तीनवटै दलसँग आफ्ना सर्त अघि सारेको छ भने जसले माग पुरा गर्छ, उसैसँग मिलेर सरकार बनाउने बताउँदै आएको छ ।
२७ जेठ, विराटनगर । राष्ट्रिय जनता पार्टीका अध्यक्ष राजेन्द्र महतोले तत्काल वर्तमान सरकारमा राजपा जाने तयारी नभएको बताएका छन् ।
उनले वर्तमान सरकारलाई समर्थन गरेपनि संविधान संशोधन र कार्यकर्तालाई लगाएको मुद्दा फिर्ता नभएसम्म सरकारमा नजाने स्प्रष्ट पारे ।
विराटनगर विमानस्थलमा आइतबार स्थानीय संचारकर्मीसँग कुरा गर्दै महतोलेे सरकार सहभागी हुनै पर्ने हो भने …
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण लगत्तै राष्ट्रिय जनता पार्टी नेता राजेन्द्र महतोले आन्दोलनको चेतावनी दिएका छन्।
महतोले आफूहरुले आन्दोलनबाटै अधिकार प्राप्त गर्दै संविधान संशोधन नभएसम्म फेरी आन्दोलन गर्ने बताएका ...
१२ पुस, काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधनबारे एमालेको धारणा मागेका छन् ।
विगतमा एमाले संविधान संशोधनको विपक्षमा उभिएको भन्दै उनले भने, 'एमालेले आफ्नो धारणा प्रष्ट गर्नुपर्यो, संविधान संशोधन गर्नुपर्यो, त्ययसपछि सरकारबारे सोचौंला ।'
बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा महतोले सरकार निर्माण आफ्नो पार्टीको प्राथमिकतामा नरहेको स्पष्ट पारे …
अध्यक्ष मण्डलका सदस्यहरू राजेन्द्र महतो र राजकिशोर यादव संविधान संशोधन नभए पार्टी चुनावमा जान नहुने अडानमा छन् भने महेन्द्र यादव र शरत्सिंह भण्डारी सरकारबाट सहिद घोषणा, मुद्दा फिर्ता, बन्दी रिहा र अपांगता भएकाको भरणपोषणको व्यवस्था भए चुनावमा जाने पक्षमा।
राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेता राजेन्द्र महतो स्पष्ट वक्ताका रूपमा परिचित छन् । संविधान लेखनदेखि निरन्तर असहमति राख्दै आन्दोलन गरिरहेको भए तापनि निकास निस्कन नसकेकामा चिन्ता पनि व्यक्त गर्छन । प्रमुख तीन दल नै संविधान संशोधन गर्न आनाकानी गरिरहेको आरोप लगाउने महतोले प्रतिपक्ष एमालेसँग वार्ता र छलफल चलाएर निकास निकाल्ने योजना सुनाएका छन्, उनै महतोसँग नागरिककर्मी प्रकाश तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :