चुनावमा जाने विषयमा राजपा नेता विभाजित

अध्यक्ष मण्डलका सदस्यहरू राजेन्द्र महतो र राजकिशोर यादव संविधान संशोधन नभए पार्टी चुनावमा जान नहुने अडानमा छन् भने महेन्द्र यादव र शरत्सिंह भण्डारी सरकारबाट सहिद घोषणा, मुद्दा फिर्ता, बन्दी रिहा र अपांगता भएकाको भरणपोषणको व्यवस्था भए चुनावमा जाने पक्षमा।

सम्बन्धित सामग्री

प्रधानमन्त्री ओलीका लागि विभाजित जसपा एकताबद्ध रहला ?

काठमाडौंको सत्ता सहकार्यका विषयमा विवाद हुँदा जनता समाजवादी पार्टी (जसपा) अन्ततः फुटको संघारमा पुगेको छ ।  देशकै वैकल्पिक शक्ति बन्ने लक्ष्य लिएर मधेश केन्द्रित विभिन्न स–साना राजनीतिक दलहरू सम्मिलित जसपा एकीकरणको १ वर्ष नबित्दै फुटको संघारमा पुगेको छ ।   मधेश केन्द्रित दलहरू काठमाडौंमा कुन नेतालाई प्रधानमन्त्री बनाउने र सत्ता सहकार्य गर्ने सवालमा आ–आफैंमा विभाजित भएपछि पार्टी फुटउन्मुख देखिएको छ । गत वर्ष वैशाख १० गते मध्यरातमा एकता गरेको साविकको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवाद...

लुम्बिनी प्रकरणले जसपाको केन्द्रमा कित्ताकाट !

जनता समाजवादी पार्टी नेपालको बैठकले लुम्बिनी प्रदेशका चार जना सांसदलाई गरेको कारवाही प्रकरणले पार्टीमा कित्ताकाटको स्पष्ट चित्र देखिन थालेको छ । प्रदेश सांसदहरुलाई कारवाही गर्ने विषयमा पार्टीको कार्यकारिणी समिति विभाजित देखिएको छ । पार्टीको कार्यकारिणी समितिमा रहेका ५१ जनामध्ये २६ जना सदस्यहरुले मात्र कारवाहीको पत्रमा हस्ताक्षर गरेका छन् ।पार्टी अध्यक्ष उपेन्द्र यादवले कारवाहीका लागि पठाएको पत्रमा पूर्व राजपा पक्षका नेताहरुको समेत हस्ताक्षर रहेको छ भने केही पूर्व समाजवादी पार्टीका नेताहरुले पत्र