सन नेपाल लाइफद्वारा अभिकर्ता सम्मान

सन नेपाल लाइफले सङ्खुवासभाको खाँदबारी, चैनपुर, भोजपुर, तेह्रथुमको बसन्तपुर तथा धनकुटा कार्यालयहरूमा बीमा जागरण अभियान चलाएको छ । उक्त कार्यक्रममार्फत कम्पनीले उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरेको छ । कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बीमाको महत्व र दावी भुक्तानी कसरी गर्ने तथा जनमानसमा बीमाको प्रभावकारिता कसरी विस्तार गर्ने भन्ने सम्बन्धमा प्रशिक्षण समेत दिइएको थियो । उक्त कार्यक्रमहरुको संयोजन बिर्तामोड शाखाको शाखा प्रबन्धक तुलसीनाथ पौडेलले गरेका थ

सम्बन्धित सामग्री

सन नेपाल लाइफद्वारा अभिकर्ता सम्मानित

काठमाडौं (अस) । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता सम्मान तथा बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मुख्य मार्केटिङ विभाग त्रिपुरेश्वर, शाखा कार्यालयहरू लगनखेल र नारायणघाट मातहतका अभिकर्तालाई चितवनको सौराहामा अभिमुखीकरण तालीम दिइएको हो । जनमानसमा बीमाको महत्त्व, बीमा दाबी भुक्तानी लगायत जानकारी उक्त कार्यक्रममा दिइएको थियो । कम्पनीका महाप्रबन्धक कमलराज गौतमले सहभागीहरूलाई अभिमुखीककरण दिनुका साथै सम्मान गरेका थिए । देशैभर बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले निकट भविष्यमै सर्वसाधारणलाई साधारण शेयर निष्कासन गर्ने जानकारी दिएको छ ।

सन नेपाल लाइफद्वारा अभिकर्ता सम्मान तथा बीमा जागरण कार्यक्रम

सन नेपाल लाइफले रुकुम, ,सल्यान,दाङको घोराहि,लमही,तुलसिपूर र हापुरे कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको छ । उत्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको कम्पनीले जनाएको छ। देशैभर  शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । कम्पनीले ६० करोड बराबरको ६० लाख कित्ता आईपिओ निष्काशन तयारी गरेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब पुग्ने छ ।