नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ का कारण सङ्कुचन पारेको अर्थतन्त्र पुनः लयमा फर्केको बताउनुभएको छ ।
उद्योग सङ्गठन मोरङको ४८औँ साधारण सभाको अवसरमा उहाँले विश्व अझै पनि सङ्घर्ष गरिरहेका बेला नेपालको अर्थतन्त्रले लय समातिसकेको बताउनुभएको हो । गभर्नर अधिकारीले मौद्रिक नीतिपछि मात्रै निजी क्षेत्रले १३ अर्ब रुपियाँ बराबरको ब्याज सहुलियत पाएको बताउँदै पुनर्कर्जा एक खर्ब हाराहारीमा पुगेको जानकारी दिनुभयो ।