एमसीसीबारे ठोस निर्णय गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा ११ बजेपछि बस्ने बैठकमा एमसीसीबारे छलफल गरेर निर्णय गर्ने उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । ‘मुल रुपमा आजको बैठकको एजेण्डा एमसीसीे नै हो । यो भन्दा अर्को एजेण्डा छैन’, उपमहासचिव तुलाधरले भने, ‘एमसीसीसँग जोडिएका अन्य कुराहरुमा गठबन्धनको भविष्य, हाम्रो भुमिकालगायतका बारेमा छलफल हुन्छ र निर्णयमा पुग्छौ ।’ नेता तुलाधरले एमसीसी यथास्थितिम