गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचनको लागि बाटो खुलेको छ । शुक्रबार उच्च अदालत पाटनले निर्वाचन रोक्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै निर्वाचनको बाटो खुलेको हो । चैत १० र ११ गते एनआरएनएको विश्व सम्मेलनको दिन तोकिएकामा चिन्तामणि सापकोटा लगायतले गत चैत २ गते उक्त सम्मेलन र आगामी नेतृत्वका लागि हुन लागेको निर्वाचन रोक्न माग गर्दै अन्तरिम आदेशको माग गरेका थिए । उक्त रिटमाथि उच्च अदालत पाटनले चैत ७ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै चैत ९ गते दुवै पक्षलाई छलफलका