उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिट्युट)मा जाने क्यान्सरका विरामीहरुलाई यती एअरलाइन्सले निःशुल्क हवाई टिकट दिने भएको छ । यती एअरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका विरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याइएको यती एअरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टले बताए ।