राजधानी ढाकाबाट ४६८ किलोमिटर टाढा रहेको बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।‘अहिलेसम्म महिला र बालबालिका सहित १६ जनाको शव निकालिएको छ’ पञ्चगढको बोडा प्रहरी चौकीका अधिकारी सुजोय कुमार रोयले सिन्ह्वालाई बताएका छन् । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।