साँझको साढे ८ बजे। बबरमहलबाट विष्णुमती करिडर हुँदै बसुन्धरातिरको यात्रा। बाइक हुँइक्याउँदै थिएँ। कालोपुलमुनि ट्राफिक प्रहरी गौँडा छेकेर जाँचमा उत्रिसकेका रहेछन्।
रफ्तारमा थिएँ। अरुलाई रोक्ने, मलाई नरोक्ने भन्ने कुरै भएन। ढिला नगरी 'ब्रेथलाइजर'मा फुकिहालेँ।
'अपपपप…. साइड लगाउनु त।'
ट्राफिक प्रहरीले चाबी खोसिहाले। अलिकति देब्रेतिर बाइक थन्क्याएपछि ती प्रहरीले लाइसेन्स मागे।…