विराटनगर : हस्ताक्षर बिनाको मतपत्र भेटिएको भन्दै स्थानीयवासी आन्दोलित भएपछि धरान उपमहानगरपालिकाको मतगणना रोकिएको छ।
मतदान अधिकृतको हस्ताक्षर बिनाको १८ वटा मतपत्र भेटिएपछि स्थानीयवासी आन्दोलित हुँदा मतगणना रोकिएको हो।
१८ वटै मतपत्रमा माओवादीको उम्मेदवारलाई परेका थिए। कांग्रेसका पदमबहादुर लिम्बुले ४ मतान्तरले विजयी भएका थिए। तर विवाद भएपछि मतपरिणाम सार्वजनिक गरिएको छैन।
माओवादी केन्द्रका विजयी तामाङ उनको निकटतम प्रतिस्पर्धी छन्। दलको नेता तथा उम्मेदवारहरूलाई छलफलका लागि बोलाइएको नि...
धरानको वडा नं. ९ र १० को मतगणना सम्पन्न भई परिणाम सार्वजनिक गर्ने क्रममा माओवादी केन्द्रसँग गठबन्धन गरी उपमेयरमा उठेका संघीय समाजवादी फोरमका पारस काङवाङको मत फरक रहेको भन्दै माओवादी केन्द्र र संघीय समाजवादी फोरमले विरोध जनाएपछि धरानमा मतगणना रोकिएको छ ।
धरान उपमहानगरपालिकाको वडा नं। ९ र १० को मतगणना सम्पन्न भई परिणाम सार्वजनिक गर्ने क्रममा नेकपा माओवादीसँग गठबन्धन गरी उपमेयरमा उठेका संघीय समाजवादी फोरमका पारस काङवाङको मत फरक रहेको भन्दै...पूरा पढ्नुहोस् »