नेपालको पर्यटन व्यवसायलाई उकास्न के गर्दैछ पर्यटन बोर्ड ?: अधिकृत डा धनञ्जय रेग्मी

The post नेपालको पर्यटन व्यवसायलाई उकास्न के गर्दैछ पर्यटन बोर्ड ?: अधिकृत डा धनञ्जय रेग्मी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

विश्वका उत्कृष्ट पर्यटकीय गाउँको सूची: सरकारी बेवास्ताले नेपालका एउटै परेनन्

काठमाडौं। दुई साताअघि विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ)ले उत्कृष्ट पर्यटकीय गाउँ २०२३ सार्वजनिक गर्‍यो । यसमा विश्वभरका पर्यटकीय गाउँ समेटिन्छन् । यो सूचीमा परेका गाउँहरू पर्यटकको रोजाइमा पर्ने सम्भावना उच्च रहन्छ । उक्त संगठनले विश्वका विभिन्न २९ देशका ५४ गाउँलाई ‘उत्कृष्ट पर्यटन गाउँ’को सूचीमा समावेश गरेको हो । तर, चर्चित पर्यटकीय गन्तव्यहरूभएको नेपालका कुनै पनि गाउँ यो सूचीमा समेटिएका छैनन् ।  पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डले वास्ता नगर्दा नेपालले विश्व बजारमा आफ्ना पर्यटकीय ठाउँ चिनाउने एउटा प्रभावकारी अवसर गुमाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लामो समयदेखि यो संगठनको सदस्य छ । तर मन्त्रालयका अधिकारीहरू यस विषयमा आफूलाई जानकारी नै नभएको बताउँछन् । यतिसम्म कि मन्त्रालय र पर्यटन बोर्डका अधिकारीलाई यो सूची सार्वजनिक भएको कुरा पनि जानकारी छैन ।  बरु मन्त्रालयका सहसचिव राजेन्द्रकुमार केसीले यूएनडब्ल्यूटीओले आवेदन नै माग नगरेको भनेर आफ्नो बचाउ गरे । ‘आवेदन माग गरेको खण्डमा नेपाल पछि हट्ने कुरा थिएन,’ उनले भने, ‘संगठनले सदस्य राष्ट्रसँग आवेदन माग गरेन । उसले विभिन्न सूचनाका आधारमा नामावली सार्वजनिक गरेको होला, आवेदन माग गरिएको आधिकारिक जानकारी भएन ।’  यूएनडब्ल्यूटीओले भने २६० आवेदनबाट ५४ ओटा गाउँलाई उत्कृष्ट पर्यटन गाउँका रूपमा छनोट गरेको जानकारी दिएको छ । संगठनले यस्तो सूची तेस्रोपटक प्रकाशित गरेको हो ।  सहसचिव केसी भने संगठनले स्वमूल्यांकनबाट पनि उत्कृष्ट सूची सार्वजनिक गर्ने र आवेदन माग गरेर पनि यस्ता सूची सार्वजनिक गर्ने प्रचलन रहेको बताउँछन् । ‘नेपालले पहल नगरेर नेपालका पर्यटन गाउँ छुटेको भन्ने होइन,’ केसीले दाबी गरे । तर, नेपालले आवेदन नदिएका कारण सम्भावित पर्यटन गाउँ छनोट नभएका हुन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मी भने उक्त संगठनको सदस्य मन्त्रालय भएकाले उसले नै पहल गर्नुपर्ने तर्क गर्छन् । बोर्ड पाटाको सदस्य भएको र त्यसले माग गरेअनुसार आवेदन दिएर गोल्ड मेडल नै जितिसकेको उनले बताए । ‘तीनवर्षदेखि गोल्ड मेडल जितेका छौं,’ रेग्मीले भने, ‘उक्त संगठन र त्यसले छनोट गरेको पर्यटन गाउँको विषय बोर्डको हातमा हुँदैन, यो विषय मन्त्रालयले हेर्ने हो ।’  पर्यटन मन्त्रालय भन्छ – जानकारी पाएनौं   पर्यटन बोर्ड भन्छ – हाम्रो काम होइन पर्यटन प्रवर्द्धनमा सरकारी निकायको बेवास्ता नयाँ घटना भने होइन । पर्यटन व्यवसायी योगेन्द्र शाक्यले सन् २००८ को एउटा यस्तै घटना सुनाए । उनका अनुसार त्यसबेला चीनले आफ्ना नागरिकलाई नेपाल घुम्न पठाउँछौ भन्दै त्यसनिम्ति एउटा अनुरोधपत्र लेख्न नेपाल सरकारलाई सुझाएको थियो । त्यो बेला अधिकांश चिनियाँ पर्यटक आफ्नो सरकारले सिफारिश गरेको मुलुकमा घुम्न जान्थे । ‘तर, नेपालका नियामकले त्यसमा वास्ता गरेनन्,’ शाक्यले भने । नेपाल भ्रमण वर्ष २०११ मा पनि बेइजिङले १० लाख चिनियाँ पर्यटक पठाउने कुरा गरेको उनले सुनाए । ‘त्यो बेला पनि मन्त्रालयलाई पत्र पठाउन भनियो । मन्त्रालयले पत्र पठाएपछि ८ हजार हाराहारी रहेको चिनियाँ पर्यटक आगमन बढेर ४० हजारभन्दा माथि पुग्यो,’ उनले भने । मन्त्रालय तथा सरकारी अधिकारीहरू आवश्यक कुराको पहलमा सधैं चुक्ने गरेको उनको भनाइ छ ।  नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालमा धेरै यस्ता गाउँ भएको बताए । ‘बाहिर धेरै प्रचारप्रसार हुन सकेका छैनन्,’ उनले भने, ‘यस कारणले पनि सूचीमा नपरेको हुन सक्छ । अर्काेतर्फ आवेदन माग्ने वा नेपालले दिने तरीकाअनुसार पनि हुन्छ ।’ संगठनले आवेदन माग गर्छ भने त्यसमा आवेदन दिएर छनोट हुने/नहुने भन्ने हुन्छ, अर्काे सम्भावित गाउँहरू सर्वेक्षणबाट पनि छनोट हुन्छन् । ‘मुख्यगरी राम्रा गाउँहरू पर्यटकीय सम्पदा हुन् र यहाँ पर्यटकीय गतिविधि भइरहेका छन् भन्ने सन्देश नै पुग्न सकेको छैन,’ जोशीले भने, ‘मानौं पहिला घान्द्रुक, सिरुबारी, घलेगाउँलगायत राम्रो अनुभव दिने गाउँहरू छन्, यहाँ आउनेले राम्रो अनुभव लिएर पनि जान्छन् तर तिनको विश्वव्यापी प्रचार हुन सकेको छैन ।’ नयाँ सेग्मेन्टका पर्यटकीय क्षेत्रको धेरै प्रचार गर्नुपर्नेमा उनले जोड दिए ।  डिजिटल मिडिया, टुर अपरेटर्स, देशबाहिर गरिने इभेन्टहरूमा नेपालले यस्ता गाउँका विषयमा प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ छ । गन्तव्यहरूका विषयमा जानकारी, सचेतना बढाउन एकदमै जरुरी भएको भन्दै जोशीले नेपाल पर्यटन बोर्डले पनि प्रचारप्रसारका लागि थप अग्रसर हुनुपर्नेमा जोड दिए । उज्वेकिस्तानको समरकन्दमा भएको यूएनडब्ल्यूटीओको महासभाले विश्वका २९ देशका गाउँलाई उत्कृष्टका रूपमा छानेको थियो । उक्त सूचीमा पेरुका सर्वाधिक पाँच गाउँ परेका छन् । यस्तै जापान र चीनका ४–४ गाउँ उत्कृष्ट छानिएका छन् । चिली, स्पेन, दक्षिण कोरिया र मेक्सिकोका ३–३ गाउँ उक्त सूचीमा समावेश छन् । भारतको धोद्रो गाउँ पनि परेको छ ।  उक्त संगठनले उत्कृष्ट गाउँ छान्दा सांस्कृतिक र प्राकृतिक स्रोतहरू, सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन, आर्थिक स्थायित्व, सामाजिक दिगोपन वातावरण स्थिरता र पर्यटन विकास र मूल्य शृंखला एकीकरणलाई आधार बनाएको छ । यस्तै सुशासन र प्राथमिकता, पूर्वाधार, कनेक्टिभिटी, स्वास्थ्य र सुरक्षालाई पनि यसको आधार मानिएको छ ।

पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी सुन तस्करीमा संलग्न रहेको खुलासा

नेपाल पर्यटन बोर्ड (एनटीबी) का सीईओ धनञ्जय रेग्मी सुन तस्करी प्रकरणमा मुछिएको पाइएको छ । पर्यटन मन्त्रालयले गरेको छानबिका क्रममा उनी एउटा पुरानो मुद्दामा दोषी ठहर भएको पाइएको हो ।  २०७४ साल पुस ७ गते  कतार एयरलाइन्सको विमानमार्फत नेपाल आउँदा उनी सुनसहित पक्राउ परेको विमानस्थल भन्सार कार्यालयले मन्त्रालयलाई पठाइएको पत्रमा उल्लेख छ । कार्यालयले पुस ३० गते पठाएको पत्रमा कतार एयरलाइन्सको विमानबाट नेपाल आउँदा  उनले बिस्कुट आकारको ३ थान सुन ल्याएको र त्यसमा ३० ग्राम अवैध भएपछि पक्राउ परेको उल्लेख गरिएको छ ।&nb...

पर्यटन प्रवर्द्धनका लागि नेपाल र भारतबीच सहकार्य गरिने

काठमाडौं । नेपाल र भारतबीच दुवै देशको पर्यटन प्रवर्दधनका लागि सहकार्य गरिने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल पर्यटन बोर्ड र भारतको ट्राभल एजेन्ट्स एशोसिएशन अफ इण्डिया (टाई)बीच दुईदेशीय पर्यटन प्रवर्दधनका लागि आपसी सहकार्य गर्ने सम्झौता गरिएको हो ।      नयाँ दिल्लीमा यही अक्टोबर २२ तारिखमा आयोजित एक कार्यक्रमबीच बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी टाईका अध्यक्ष ज्योति मायालले उक्त सम्झौतामा हस्ताक्षर गरेको बोर्डले आइतवार विज्ञप्तिमार्फत बताएको छ । सम्झौताअनुसार बोर्ड र टाईले आयोजना गर्ने पर्यटन प्रवर्द्धनका विभिन्न ‘इभेन्ट’, ‘रोड शो’, वेबीनार जस्ता कार्यक्रममा आपसी सहकार्य गर्ने तथा दुवै देशमा आयोजना हुने राष्ट्रिय तथा क्षेत्रीय कार्यक्रम, ट्राभल मार्ट जस्ता कार्यक्रममा आमन्त्रण गर्नेलगायत विषय समावेश छन् । भारत नेपालका प्रमुख पर्यटकीय स्रोत बजार रहेकाले यस सम्झौताले नेपालको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले बताए । एक–अर्को देशमा भएका पर्यटन प्रवर्द्धनका राम्रा अभ्यास आदानप्रदान गर्दा दुवै देशको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।

स्वास्थ्य मापदण्डका साथ पर्यटन सञ्चालन गर्नुपर्छ : डब्ल्यूएचओ

काठमाडौं । कोभिड–१९ ले नराम्ररी प्रभावित मुलुकको पर्यटन क्षेत्रलाई कसरी चलायमान बनाउने भन्नेबारे नेपाल पर्यटन बोर्डले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रतिनिधिसँग छलफल गरेको छ । बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी र डब्ल्यूएचओका नेपाल प्रतिनिधि डा. राजेश एस पाण्डवबीच पर्यटन बोर्डमा भएको भेटमा कोभिडबाट नेपालको पर्यटनमा परेको प्रभाव, खोप, पछिल्लो पर्यटनको अवस्था तथा डब्ल्यूएचओको सहयोगका विषयमा छलफल भएको बोर्डले जानकारी दिएको छ । भेटमा डा. पाण्डवले पर्यटकका लागि नेपाल खुला हुनु सुखद भएको बताउँदै स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने बताए । उनले नेपालको स्वास्थ्य सुरक्षाका लागि विश्व स्वास्थ्य संगठनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामी नेपाललाई गर्नुपर्ने सहयोगका लागि तयार छौं । कोभिडको जोखिम अभैm कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गरेर मात्र पर्यटकीय गतिविधि सञ्चालन गर्न आवश्यक छ,’ पाण्डेयको भनाइ उद्धृत गर्दै बोर्डले विज्ञप्तिमार्पmत बताएको छ । पर्यटकीय गतिविधि बढी हुने क्षेत्रमा आकस्मिक एन्टिजेन परीक्षण, स्वास्थ्य जनचेतनाका कार्यक्रमलाई पनि निरन्तरता दिन आग्रह गर्दै यी समग्र कामका लागि पनि डब्ल्यूएचओको सहयोग रहने उनले बताए । बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले नेपालका धेरै पर्यटकीय क्षेत्रमा पूर्ण खोप कार्यक्रम भइसकेको र बाँकी क्षेत्रमा क्रमशः खोप लगाउने कार्यक्रम जारी रहेकाले नेपालमा पर्यटक आउन कुनै समस्या नरहेको जानकारी दिए । उनले पछिल्लोपटक सरकारले ल्याएको नयाँ मापदण्ड पालना गरेर विदेशी पर्यटक नेपाल आउन सक्ने जानकारी दिँदै पर्यटक आगमनका लागि अन्य सहजीकरण गर्न सरकार र पर्यटन बोर्ड सदा तयार रहेको बताए । रासस