नेपाल समूह सरकार र पार्टी दुवैमा निर्णायक

मधुसूदन रायमाझी, काठमाडौं ।  नेकपा एमाले नेपाल समूह यतिखेर राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रूपमा देखिएको छ । नेपाल समूहका २८ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर गरेकै कारण अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । नेपाल समूहकै कारण देउवा संसद्मा विश्वासको मत लिन सफल हुनुभएको हो । […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाका दुई महिना : सुस्त सरकार, गतिहीन संसद !

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेको २ महिना पूरा भइसकेको छ। २/२ महिनासम्म पनि सरकारलाई पूर्णता दिन नसक्दा उनको चौतर्फी आलोचना भइरहेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बहिर्गमन गराउन बनेको पाँचदलीय गठबन्धनमा सहमति बन्न नसक्दा २ महिनासम्म उनले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन्। ओली नेतृत्वको सरकार हटाउन कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाको गठबन

माधव नेपाल समूह पनि सरकारमा सहभागी हुने कांग्रेस नेता यादवको दाबी

काठमाडौँ– नेपाली कांग्रेसका नेता महेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवाले जुनसुकै बेला पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्ने बताएका छन् । रिपोटर्स क्लब नेपालले सोमबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले माधव नेपाल समूह पनि ढिलो/चाँडो सरकारमा सहभागी हुने पनि दावी गरे । उनले वर्तमान सरकार संविधानको धारा ७६ को ५ अनुसार बनेको भन्दै प्रधानमन्त्रीले सवैलाई समेटेर अघि बढ्न […]

नेपाल समूह गठबन्धनबाट अलग

नेपाल विपक्षी गठबन्धन आबद्ध दलको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले भने सबैसँगको सहकार्यबाट अघि बढ्न कांग्रेस सभापति देउवालाई सुझाएका छन् । उनले बैठकमा संविधान र लोकतन्त्रमाथि खतरा उत्पन्न हुँदा आफू विपक्षी गठबन्धनमा आबद्ध भएको भन्दै अब त्यो अध्याय सकिएको तथा संविधान र लोकतन्त्र बचेको भन्दै गठबन्धनबाट अलग हुने निर्णय सुनाएका थिए । सो क्रममा नेपालले देउवालाई सरकार गठन गर्दा सबै पक्षलाई मिलाएर सहकार्यबाट अघि बढ्न भनेका हुन् । ‘संविधान र लोकतनत्रमाथि खतरा हुँदा म विपक्षमा आएँ, अब संविधान र लोकतन्त्र बच...

माधव नेपाल समूह ५ दलीय गठबन्धनबाट अलग्गिने, देउवालाई विश्वासको मत पनि नदिने

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको नेकपा एमालेको माधव नेपाल समूह ५ दलीय गठबन्धनबाट बाहिरिने भएको छ ।  सर्वोच्च अदालतको फैसलापछिको अवस्थाबारे छलफल गर्न सोमवार कोटेश्वरमा बसेको बैठकमा नेता नेपालले परिस्थिति बदलिएको भन्दै गठबन्धनमा नरहने जानकारी गराएका हुन् ।  ‘हिजो एउटा अवस्थामा रहेको र परिस्थिति बदलिएकाले सबैलाई समेटेर सरकार सञ्चालन गर्न देउवालाई आग्रह गर्नुभयो,’ बैठकपछि माधव नेपाल पक्षीय नेता रघुजी पन्तले भने, ‘प्रतिनिधिसभा पुनःस्थापनासँगै नयाँ परिस्...

विपक्षी गठबन्धनको संयुक्त वक्तव्य : सरकार गैरजिम्मेवार देखियो (वक्तव्यसहित)

काठमाडौं, ३ असार । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल समूह, जसपा उपेन्द्र यादव पक्ष र जनमोर्चाको विपक्षी गठबन्धनले वर्तमान सरकार प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्व तयारी तयारी नगरी गैरजिम्मेवार रहेको देखिएको टिप्पणी गरेको छ । गठबन्धनको तर्फबाट बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता […]

सुदूरपश्चिम सरकार : टिकाउने र हटाउने खेलबाट गुज्रिँदै

धनगढी : माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार टिकाउन र हटाउन दुवै तवरले कसरत सुरु भएको छ। प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपा एमालेको एक पक्ष (माधव नेपाल समूह) ले सरकार जोगाउन र अर्को पक्ष (केपी शर्मा ओली समूह)ले सरकार गिराउन कसरत सुरु गरेका हुन्।सत्तापक्षसमेत रहेको एमाले (ओली समूह) का सासंदले संसदमै मुख्यमन्त्रीको राजीनामा माग गरेका थिए। त्यसपछि मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मतका लागि प्रदेश सभा सचिवालयमा पत्र दर्ता गरिसकेका छन्। पत्र दर्तापछि सोमबार कार्य व्यवस्था सम

ओली अडान नेपालको नियति

संसद्को ठूलो दलको हैसियतमा सरकार बनाउन र त्यसले विश्वासको मत हासिल गर्ने बेलासम्म ओलीका निम्ति नेपाल समूह आवश्यक पर्छ। त्यसपछि यिनको स्थिति फेरि सामान्य अवस्थामा जान सक्छ भन्ने विश्वास कसैलाई छैन।...

माधव नेपाल समूह यस्तो तयारीमा

सत्ता समीकरणमा निर्णायक मानिएको एमालेको खनाल–नेपाल समूहमा सबैको ध्यान सोझिएका बेला उसले भने जसपाको निर्णय पर्खिने भएको छ । गठबन्धन सरकारका विषयमा जसपाले बिहीबार बैठक डाकेको छ । उक्त बैठकले गर्ने निर्णयका आधारमा सांसद पदबाट राजीनामा दिएर गठबन्धन सरकार निर्माणको गाँठो फुकाउने या अरू कुनै विकल्प सोच्ने भन्ने खनाल–नेपाल समूहका नेताले जनाएका छन् प्रतिनिधिसभा सदस्य रहेका स्थायी कमिटी सदस्यहरूको बुधबार भर्चुअल छलफल भएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग एकताको ढोका बन्द नगर्ने निष्कर्ष निकाल्दै गएको सोमब...

माधव नेपाल समूह निर्णयमा पुगेपछि बहुमत पुग्ने र सरकार बनाउने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन नेकपा एमालेको माधवकुमार नेपाल समूहले निर्णयमा पुगेपछि बहुमत पुग्ने विश्वास लिएको छ । मंगलवार बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै सहमहामन्त्री डा. प्रकाशशरण महतले जनता समाजवादी पार्टी (जसपा) सिंगैको साथ पाइने र नपाइए माधव नेपाल समूहको निर्णयले सहयोग पुग्ने जानकारी दिए । ‘सकेसम्म जसपा सिंगै साथमा लिने प्रयास हुनेछ, हामीलाई पर्सिसम्मको समय छ । एमालेमा पनि माधवजीहरूले केही निर्णयमा पुग्नुहुन्छ,’ उनले भने, ‘जसपामा सिंगै हाम्रो पक्षमा ...