कांग्रेसबाट बागी उम्मेदवारी दिएका दिनेश कोइराला एमालेकाे चुनावी सभामा

चितवन- चितवन क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार दिनेश कोइराला नेकपा एमालेको चुनावी सभामा सहभागी भएका छन्। पाँच दलीय सत्ता गठबन्धनको उम्मेदवारसँग असन्तुष्टि जनाएर कांग्रेस केन्द्रीय सदस्य रहेका कोइराला चितवन ३ मा स्वतन्त्र उम्मेदवार उठेका छन्। एमालेको समर्थन पाएका कोइरालाले साेमबार एमालेको चुनावी सभामा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र […]

सम्बन्धित सामग्री

कारबाही फुकुवापछि दिनेश कोइराला पहिलो पटक कांग्रेस केन्द्रीय समिति बैठकमा

काठमाडौं । निष्कासनको कारबाही फुकुवापछि दिनेश कोइराला पहिलो पटक कांग्रेस केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्। साउन पहिलो साता बसेको बैठकले कोइरालाको कारबाही फुकुवा गरेपछि आजको बैठकमा सहभागी भएका हुन्। मंसिर ४ को निर्वाचनमा गठबन्धनको सहमति विपरीत बागी उम्मेदवारी दिएपछि कोइरालालाई कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टी साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो। पार्टीले […]

चितवन ३ मा कांग्रेसका दुई नेताको बागी उम्मेदवारी दर्ता

चितवन – चितवनको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दुई नेताले बागी उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला र यसअघि भरतपुर महानगरपालिकाको मेयरमा बागी उठेका जगन्नाथ पौडेलले प्रतिनिधिसभा सदस्यका लागि बागी उम्मेदवारी दर्ता गराउनु भएकाे छ । २०७४ सालमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएको कोइरालाले माओवादीसँग तालमेल भएसँगै रेनु दहालको उम्मेदवारी पछि आफ्नो उम्मेदवारी फिर्ता गर्नुभएको थियो । २०७४ को चुनावमा कोइराला चितवन ३ को प्रदेश सभा (ख) मा उम्मेदवार भए पनि पराजित ...