काठमाण्डौ – कुवेतले त्यहाँको आवासीय कानुन उल्लङ्घन गरेका विदेशी नागरिकलाई वैधानिकता कायम गर्ने अवधि (ग्रेस पिरेड) थप गरेको छ ।
अघिल्लो पटकको म्याद गएको बिहीबार सकिएसँगै कुवेतले फेरि एक महिना समयावधि थप गरेको गल्फ न्युजले जनाएको छ । थप गरिएको समयावधि मे १५ भित्रमा आफ्नो कानुनी अवस्था सच्याउन कुवेतले आग्रह गरेको छ । यो समयभित्र पनि आफ्नो कानुनी अवस्था नसच्याउनेहरुलाई कारबाही गरिने तथा जरिवाना तिराइने त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
उनीहरुको आवासीय भिसा रद्द गरिने, देश निकाला गरिने तथा पछि फेरि फ...