काठमाडौं : भारतसँग खुला सीमा जोडिएको पश्चिम तराईको जिल्ला कञ्चनपुर औलोको उच्च जोखिममा छ।रोजगारीको सिलसिलामा भारत गएकाहरु फर्किंदा औलो सङ्क्रमित भएर आउने हुँदा कञ्चनपुर औलोको उच्च जोखिममा परेको हो।‘सङ्क्रमित लामखुट्टेको टोकाइबाट औलो रोग लाग्छ, कैलाली र कञ्चनपुर यसको उच्च जोखिममा छन्,’ स्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले भने, ‘यहाँ स्थानीयभन्दा विदेशबाट आएका बिरामी बढी छन्।’ आर्थिक वर्ष ०७९/८० को तथ्याङ्कअनुसार कञ्चनपुरमा स्थान