सत्तारुढ दलभित्र सहमति नहुँदा मिटरब्याज विधेयक अनिश्चित

काठमाण्डाै – सत्तारुढ दलहरुकै कारण मिटरब्याजपीडितलाई राहत दिन सरकारले ल्याएको विधेयक अनिश्चित भएको छ । यसअघि विपक्षी दलहरुको सदन अवरोधका कारण विधेयक अलपत्र परेको सत्तारुढ दलहरुले आरोप लगाउँदै आएका थिए । तर सत्ता गठबन्धनमा रहेको दल जनता समाजबादी पार्टी (जसपा) विधेयकको विपक्षमा रहेपछि सदनमा छिटै अघि बढाइने भनेको विधेयक अनिश्चित बनेको हो । जसपाले यथास्थितिमा विधेयकको पक्षमा मत दिन नसक्ने अडान लिएपछि सरकारले विधेयक अघि बढाउन सकिरहेको छैन । जसपाले विधेयकमा राखिएको प्रावधानमा विरोध कायमै राख्ने भएपछि स...

सम्बन्धित सामग्री

मिटरब्याज पीडितसँगको सहमति अनुसार विधेयक आउँछः मन्त्री श्रेष्ठ

काठमाडौंः उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति सुरक्षाको प्रत्याभूति गर्न पूर्णरुपमा प्रतिबद्ध रहेको र त्यसमा कुनै पनि कमी हुन नदिने दृढता व्यक्त गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सभामुखसँग समय लिएर उपप्रधानमन्त्री श्रेष्ठले शान्ति सुरक्षा खलबल्याउने काममा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याउने बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा…

मिटरब्याज विधेयकमा राय ‘संवैधानिक र कानुनी प्रश्न छैन’

मिटरब्याजसम्बन्धी विधेयक पारित प्रक्रियामा राष्ट्रिय सभामा उठाएका संवैधानिक र कानुनी प्रश्नबारे महान्यायाधिवक्ताले कार्यव्यवस्था परामर्श समितिमा राय दिनुभएको छ। समितिको आमन्त्रण अनुसार महान्यायाधिवक्ता दीनमणि पोखरेलले आइतबार राय दिनुभएको हो। समितिले रायपछि पनि थप राजनीतिक परामर्श गरेर मात्र विधेयकलाई कार्यसूचीमा राख्ने सहमति गरेको छ।