संसद्को अर्थ समितिमा स्वर्णिमदेखि विनोद चौधरीसम्म

काठमाडौं,प्रतिनिध सभा अन्तर्गतको अर्थ समिति गठन भएको छ । सभामुख देबराज घिमिरेले दलहरुले गरेको सिफारिसको आधारमा समितिमा रहने सदस्यको नाम वाचन गरेर सुनाएका हुन् । जसमा उद्योगपती विनोद चौधरी देखि नवनिर्वाचित सांसद डा. स्वर्णिम वाग्ले समेत परेका छन् । यी हुन् अर्थ समितिमा रहेका सदस्यहरु  : अन्जनी श्रेष्ठ, अम्मर बहादुर रायमाझी, ग‌ंगा कार्की,छिरिङ डम्डुल लामा […]

सम्बन्धित सामग्री

आयात प्रतिबन्धको नीति करेक्शन गर्न आवश्यक छ : विनोद चौधरी (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले कोभिडपछि राष्ट्र बैंकले लिएको आयात प्रतिबन्धको नीति आगामी मौद्रिक नीतिमार्फत करेक्शन गर्न आवश्यक रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बोल्दै सांसद चौधरीले यस्तो बताएका हुन् । उनले मुलुकको वाह्य अर्थतन्त्र कमजोर बन्दै गएको अवस्थामा नियन्त्रण गर्नको लागि आयातमा राष्ट्र बैंकले लगाएको नीतिमा परिमार्जन गर्न […]

आर्थिक मन्दी र सोच

सोचको शाब्दिक अर्थ मनमा उब्जने सामान्य विचार र उपायसँग मिले पनि यो एकदमै गहकिलो छ । झन्डै ५ वर्ष पहिले काठमाडौंमा भएको व्यावसायिक कार्यक्रममा एक विदेशी प्रशिक्षकले सयौं सहभागीलाई सोधेका थिए : संसारमा सबैभन्दा आत्मविश्वासी सोच भएको देश कुन हो ? हामी कसैले पनि नेपालको नाम लिएनौं, अमेरिका, चीन, बेलायत, अस्ट्रेलिया, जापान आदिका लियौं । उनका अनुसार अमेरिकी, यूरोपेली, चिनियाँ, जापानी, अस्ट्रेलियालीहरूले पनि यस्तै मिश्रित उत्तर दिन्छन् रे । फरक यत्ति हो, हामीले हाम्रो देशको नाम लिएनौं तर उनीहरूमध्ये केहीले आफ्नै देशको लिए । तर, उत्तर कोरिया एउटा यस्तो देश हो जहाँ सबै सहभागीहरूले आफ्नै देशको मात्र नाम लिए रे । संसारमा उँचो आत्मविश्वास भएको देशमा उत्तर कोरियालाई मान्दा आश्चर्य र हीनताबोध दुवै एकैचोटि लाग्यो । हामीमा हीनताबोध वा आत्मविश्वासको कमी हुनुको कारण हाम्रो शिक्षाप्रणाली र हाम्रा अग्रजहरूले हामीलाई सिकाएका कुराहरू नै हुन् । सानैदेखि हामीले नेपाल सानो, गरीब, अविकसित मुलुक हो भनेर सिक्यौं । अन्य देशसँग तुलना गर्ने आँट नै कहिल्यै गरेनौं । गरीबी, अशिक्षा, रोग, दु:ख आदि हाम्रो भाग्यमै छ भनेर नियति मान्यौं वा मान्न लगाइयो । सिंह जंगलको राजा भएको उसको आफ्नै सोचले हो । नत्र जंगलमा सिंहभन्दा बलियोमा हात्ती, बाठोमा स्याल, अग्लोमा जिराफलगायत कैयौं जनावर छन् । तर, कसरी सिंह जंगलमा राज गर्न सफल हुन्छ ? सिंहमा भएको सोचले उसले आफूलाई सबैभन्दा शक्तिशाली ठान्छ र जंगलको राजा बनाएको हुन्छ । संसारमा भएका सबै विकास सोचको उपज नै हो । वैज्ञानिकहरूले चन्द्रमा वा मंगल ग्रहमा पाइला टेक्नेदेखि तपाईं हामीले सामान्य दैनिकी चलाउनेसम्म यही सोचको उपज हो । सोचबाटै सबै कुराको शुरुआत तथा अन्त्य हुन्छ । एलन मस्क, मार्क जुकरवर्ग, ज्याक मादेखि नेपाली अर्बपति विनोद चौधरी सफल हुनुको कारण उनीहरूको व्यावसायिक सोच नै हो । संसारका सबै स्वास्थ्य मान्छेहरूको सोच खुशी हुनु नै हुन्छ । गहन अध्ययन गर्ने हो भने न धेरै सम्पत्ति न राम्रो स्वास्थ्यले मान्छेलाई खुशी बनाउँछ । मान्छे सबैभन्दा खुशी तब हुन्छ जब ऊ आफूमा जेजस्तो छ त्यसमै सन्तुष्ट हुन्छ । खुशी हुनु, दु:खी हुनु मान्छेको आआफ्नो सोचमा भर पर्छ ।  जीवन सरल छ, मात्र हामीले नजानेर यस्लाई साँचिकै गाह्रो बनाइदिन्छौं । यदि सोच नै सबै थोकको शुरुआत अनि अन्त्य हो भने, यदि सोच नै जीवनको सबै भन्दा खुशी हो भने, एक पैसा पनि नलाग्ने यस्तो सोच धनी, गरीब, रोगी, निरोगी, साना, ठूला, काला, गोरा हामी सबैले आफू खुशी भएको किन नसोच्ने ? जीवन जिउने कला नजान्दा हामी दु:खी छौं, निराश छौं । गीतामा भनेको जस्तो हामी रित्तै जान्छौं, मरी लानु केही छैन भनेर जान्दाजान्दै पनि तँ तँ र म म गर्छौं । राम्रो सोचे राम्रै हुन्छ, फूलको आँखामा फूलै संसार भने जस्तै फूल कि काँडा सोच्ने हाम्रो आफ्नै सोचमा भर पर्छ । खेलकै कुरा गर्दा क्रिकेटमा हामी भारत र पाकिस्तान, श्रीलंकाजस्ता विश्व क्रिकेटका च्याम्पियन भइसकेका शक्तिशाली टिमसँग राम्रै खेल्यौं । भर्खरै चीनमा भएको एशियन गेममा मंगोलियाविरुद्ध टी २० क्रिकेटमा सातओटा विश्व रेकर्ड नै बनायौं । अब विश्व च्याम्पियन हुने सोच बनाएर तयारी गरिरहने हो भने त्यो दिन धेरै टाढा हुने छैन । अहिले हाम्रो समाजमा आर्थिक मन्दीका बारेमा थाहा नभएको, नसोचेको मान्छे नै नहोला । आर्थिक मन्दी आउनुमा अन्य धेरै कारणका बारेमा हामी अत्यन्त जानकार छौं । धेरैले दिने दोष भनेको कोरोना, भूकम्प, रसिया र युक्रेनबीचको लडाइँ नै हो । अनि, अर्को एउटा चलन नै बनिसकेको छ : अस्थिर सरकार र व्याप्त भ्रष्टाचार । अहिले सहकारीमा आएको विकृति र समस्यालाई पनि औंल्याएको पाइन्छ । तर, हामी मध्ये कमैले महसूस गरेको सबैको सोचले नै मन्दी आउनुमा प्रमुख भूमिका खेलिरहेको कुरालाई नकार्न सकिँदैन । एक कान दुई कान मैदान भने जस्तै सबैले भनेकै कुराको पछि नलागेर आफ्नो बुद्धिविवेक प्रयोग गर्ने हामीमध्ये धेरैको बानी छैन । चौतर्फी अपार सम्भावना बोकेको मुलुकमा बसेर पनि मन्दीले यति साह्रो गाँज्नुमा तपाईं हाम्रो सोचले नै काम गरेको हो भन्न सकिन्छ । हरेक सूर्यास्तसँगै हजारौं नेपालीले आफ्नो राहदानीसँगै रंगीन सपना बोक्दै परदेशिनु परिरहेको छ । धेरै व्यवसायी आफू कसरी बाँच्ने भनेर रणनीति बनाइरहेका छन् । आजभोलि मान्छे निर्यात गर्ने व्यवसायी (शैक्षिक परामर्श र वैदेशिक रोजगार) बाहेक धेरैको मुहारमा खुशी भेट्न गाह्रो हुनुमा मन्दीकै असर परेको मान्न सकिन्छ ।  समाजकै मनोदशा बिग्रिएर भगवानै मान्ने डक्टरहरूलाई पनि दिनदिनै पिटिरहेको समाचार आइरहेका छन् । त्यसैले सोच बदलौं अनि अवस्था आफै बदलिन्छ । बैंकमा तरलता भएको अहिलेको अवस्थामा उद्यम गरौं, एकआपसमा आत्मविश्वास बढाऔं र यो मन्दीलाई सबै मिली परास्त गरौं । कृषि, पर्यटन र जलविद्युत्ले मात्रै पनि समृद्ध बनाउन सकिने देशमा सबैले सही सोच राखेर काम गर्ने हो भने हाम्रै पालामा संसारकै विकसित र समृद्ध देश नेपाल भनेर चिनाउन सकिन्छ । आजै सोचौं ।  लेखक नेपाल विज्ञापन संघका पूर्वअध्यक्ष एवं मार्स एडभरटाइजिङ एन्ड रिसर्च प्रालिका प्रबन्ध निर्देशक हुन् ।

मल खरिद र वितरणमा सबै पक्ष गम्भीर हुनु आवश्यक छः विनोद चौधरी

काठमाडौँ - प्रतिनिधि सभा अर्थ समितिका ज्येष्ठ सदस्य तथा सभापति विनोदकुमार चौधरीले मल खरिद र वितरणको विषयमा सबै पक्ष गम्भिर हुन आवश्यक रहेको बताएका छन् ।  बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले किसानलाई वितरण गर्ने रासायनिक मलबारे ठोस कार्ययोजना बनाई लागू गर्ने कुराले समस्या परेको बारेमा समितिलाई जानकारी दिन आ...

मल खरिद र वितरणमा सबै पक्ष गम्भिर हुनुपर्छ : विनोद चौधरी

काठमाडौं । प्रतिनिधि सभा अर्थ समितिका ज्येष्ठ सदस्य तथा सभापति विनोदकुमार चौधरीले मल खरिद र वितरणको विषयमा सबै पक्ष गम्भिर हुन आवश्यक रहेको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले किसानलाई वितरण गर्ने रासायनिक मलबारे ठोस कार्ययोजना बनाई लागू गर्ने कुराले समस्या परेको बारेमा समितिलाई जानकारी दिन आग्रह गरेको छ । समितिमा रहनुभएका सदस्यहरु […]

मुलुकको अर्थतन्त्र डर लाग्दो अवस्थामा छ : विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले सरकारको राजस्व संकलनको अवस्था डर लाग्दो रहेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो बताउनुभएको हो । उहाँले असार १७ गतेसम्म ९ खर्बको हाराहारीरमा मात्रै राजस्व संकलन हुनु र सरकारको साधरण खर्च १० खर्ब भन्दा बढी हुनु गम्भिर स्थिति भएको दाबी […]