मुस्ताङमा स्याउ टिप्न भ्याइनभ्याइ

अघिल्लो वर्षको तुलनामा यस वर्ष ४० प्रतिशतसम्म उत्पादन घट्यो स्याउको राजधानी भनेर परिचित मुस्ताङमा यतिवेला स्याउ टिप्न भ्याइनभ्याइ छ । व्यापारीहरू बगैँचामै पुगेर स्याउ संकलन गरिरहेका छन् । स्याउ पाक्न सुरु भएको तथा...

सम्बन्धित सामग्री

मुस्ताङमा स्याउ भण्डारण केन्द्र निर्माण हुँदै

मुस्ताङ : जिल्लामा स्याउ संकलन तथा चिस्यान केन्द्र बन्ने भएको छ। स्याउको राजधानीको रूपमा परिचित मार्फामा पर्याप्त मात्रामा स्याउ भण्डारण गर्न एक करोड ४१ लाख लागतमा संकलन तथा चिस्यान केन्द्र बन्न लागेको हो। घरपझोङ गाउँपालिका–२ सामग्री टोल नजिकै बन्ने उक्त केन्द्रको निर्माण तत्काल सुरु गरिने फलफूल तथा स्याउ ग्रेडिङ मेसीन उपभोक्ता समितिका सचिव सकबहादुर लालचनले जानकारी दिए।    उनका अनुसार आर्थिक वर्ष ०७९\८० को लागि केन्द्रका लागि गण्डकी प्रदेश कृषि विकास निर्देशनालयबाट एक क

मुस्ताङमा स्याउ टिप्दै मजदुर

काठमाडौँ,१० असोज । शितोष्ण बागबानी बिकास केन्द्र मुस्ताङमा स्याउ टिप्दै मजदुर । यस बर्ष केन्द्रको स्याउ टेन्डरमार्फत बिक्री नभएपछि केन्द्र आफैँले टिपेर बजारसम्म पु¥याई बिक्रीवितरण गर्ने भएको छ । तस्बिर : सुशीलबाबू थकाली/रासस

मुस्ताङमा स्याउ टिप्ने चटारो, व्यापारीको चहलपहल बढ्यो

म्याग्दी : हिमालपारिको जिल्ला मुस्ताङमा स्याउ टिप्न सुरु गरिएको छ। बगैँचामा स्याउ पाक्न थालेपछि बजारीकरणको लागि कृषकहरूले स्याउ टिप्न थालेका हुन्। मुस्ताङका ५ वटै स्थानीय तहका स्याउ बगैँचामा यतिबेला स्याउ व्यापारीहरूको चहलपहल बढेको छ।बोटमा स्याउ नपाक्दै बजार पठाउने प्रवृत्तिलाई रोक्दै यस वर्ष स्याउ टिप्ने समय तोकिएको थियो। भदौ २५ गतेदेखि कृषकहरूलाई स्याउ टिप्न दिने निर्णय भयसँगै बगैँचाहरूमा स्याउ टिप्न सुरु भएको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए।उनक

मुस्ताङमा स्याउ उत्पादन बढ्यो

मुस्ताङबाट निकासी हुने प्रमुख फलफुल स्याउको उत्पादन यसवर्ष बढेको छ । गत वर्षको तुलनामा यसवर्ष स्याउ उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले अनुकूल मौसम रहेको, रोगकीराको समस्या कम नदेखिएको र बगैँचा व्यवस्थापन र क्षेत्रफल विस्तार भएकाले स्याउ उत्पादन बढेको बताए । “यसपाली वर्षा र रोगकीराको समस्या कम भएकाले उत्पादकत्व बढेको छ,” उनले भने “स्याउका लागि वर्षात् कम भएको मौसम अनुकूल मानिन्छ । नयाँ बोटमा फल लाग्न थ

मुस्ताङमा स्याउ उत्पादन बढ्यो

काठमाडौँ,७ भदौ । मुस्ताङबाट निकासी हुने प्रमुख फलफुल स्याउको उत्पादन यसवर्ष बढेको छ । गत वर्षको तुलनामा यसवर्ष स्याउ उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले अनुकूल मौसम रहेको, रोगकीराको समस्या कम नदेखिएको र बगैँचा व्यवस्थापन र क्षेत्रफल विस्तार भएकाले स्याउ उत्पादन बढेको बताए । “यसपाली […]

मुस्ताङमा स्याउ उत्पादन बढ्यो

म्याग्दी । मुस्ताङबाट निकासी हुने प्रमुख फलफुल स्याउको उत्पादन यसवर्ष बढेको छ । गत वर्षको तुलनामा यसवर्ष स्याउ उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले अनुकूल मौसम रहेको, रोगकीराको समस्या कम नदेखिएको र बगैँचा व्यवस्थापन र क्षेत्रफल विस्तार भएकाले स्याउ उत्पादन बढेको बताए । ‘यसपाली वर्षा […]

मुस्ताङमा स्याउ उत्पादन बढ्यो

बेनी । मुस्ताङमा यस वर्ष स्याउ उत्पादन बढेको छ । गत वर्ष पाँच हजार १०० मेट्रिक टन स्याउ उत्पादन भएकामा यस वर्ष पाँच हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको हो । यो करिब ९ प्रतिशतको वृद्धि हो । कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीका अनुसार यो वर्ष कुल एक हजार ४४० हेक्टरमा […]

मुस्ताङमा स्याउ उत्पादन बढ्यो

मुस्ताङ । मुस्ताङमा यस वर्ष स्याउ उत्पादन बढेको छ । मुस्ताङमा गतवर्षको तुलनामा ९ प्रतिशतले स्याउ उत्पादन बढेको कृषि ज्ञान केन्द्रले बताएको छ । कार्यालयका प्रमुख प्रकाश बस्ताकोटीले गतवर्ष पाँच हजार १०० मेट्रिकटन स्याउ उत्पादन भएको मुस्ताङमा यस वर्ष पाँच हजार ५६४ मेट्रिकटन स्याउ फलेको जानकारी दिए । उनका अनुसार गतवर्षको तुलनामा ९ प्रतिशतले स्याउको उत्पादन बढेको छ । ‘क्षेत्रफल विस्तार र अनुकूल मौसमका कारण स्याउ उत्पादन बढेको हो,’ उनले भने, ‘पाँच सय २० हेक्टर क्षेत्रफलमा लगाइएको एक लाख पचास हजार बोटले फल दिन्छन् ।’ मुस्ताङमा उत्पादित स्याउ बेचेर कृषकले ५५ करोड भित्र्याएका छन् । यस वर्ष प्रतिकिलो औसत रू. १०० का दरले स्याउ विक्री भएको थियो । मुस्ताङको एक हजार ४४० हेक्टर जमिनमा स्याउखेती भएकोमा ५२० हेक्टरका बोटले उत्पादन दिन्छन् । अघिल्लो वर्ष एक हजार ४०० हेक्टरमा स्याउखेती भएकोमा ५०० हेक्टरका बोटले फल दिएको थियो । घरपझोङमा ५७२, बारागुङ मुक्तिक्षेत्रमा ५९४, थासाङमा १६२, लोघेकर दामोदरकुण्डमा ८६ र लोमान्थाङ गाउँपालिकामा २९ हेक्टर जमीनमा स्याउखेती भएको कृषि ज्ञान केन्द्र मुस्ताङले बताएको छ ।      केन्द्रका अनुसार थासाङ गाउँपालिकामा ८९८, घरपझोङ गाउँपालिकामा दुई हजार ५६८, बारागुङ मुक्तिक्षेत्रमा एक हजार ९३६, लोघेकर दामोदरकुण्डमा १२० र लोमान्थाङमा ३२ मेट्रिकटन स्याउ उत्पादन भएको हो । बारागुङ मुक्तिक्षेत्रमा नयाँ स्याउका बिरुवा विस्तार गरिएकाले केही कम उत्पादन भएको हो । घरपझोङको मार्फामा स्याउ बोटमा सान जोस स्केलको प्रकोप र स्क्याप रोगको प्रकोपले उत्पादन प्रभावित बनाएको छ । यस वर्ष मुस्ताङको मार्फाबाहेक अन्य स्थानका स्याउ किसानले उचित बगैंचा व्यवस्थापन र रोग नियन्त्रण गर्न सकेकाले उत्पादन वृद्धि भएको हो । ८० प्रतिशत स्याउ दशैं–तिहारमा जिल्ला बाहिरिएको थियो । विक्री भइनसकेको बाँकी २० प्रतिशत स्याउमध्ये केही चिस्यान गृहमा राखिएको छ । मुस्ताङमा रैथाने रेड डेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र सेतो गोल्डेन डेलिसियस जातको स्याउ खेती गरिएको छ । पछिल्लो समय किसानले छिटो र धेरै उत्पादन दिने उच्च घनत्वको स्याउका बिरुवा लगाउन थालेका छन् । गतवर्ष उच्च घनत्वका ५० हजार स्याउका बिरुवा वितरण गरिएको थियो । रासस

मुस्ताङमा स्याउ टिप्ने चटारो

मुस्ताङका स्याउ बल्ल बजारमा जान थालेका छन् । स्याउ जोन मुस्ताङले जिल्लामा उत्पादित स्याउ असोज १ गतेबाट मात्र टिप्न पाइने नियम बनाएपछि अहिले मुस्ताङमा धमाधम स्याउ टिप्ने चटारो चलेको हो । मुस्ताङका अधिकांश बगैंचाका स्याउ किसानले ठेक्कामार्फत व्यापारीलाई बिक्री गर्छन् । व्यापारीले संकलन गरेका स्याउ पोखरा, काठमाडौं लगायतका स्थानमा बिक्री गर्ने गरेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीका अनुसार असोज महिना लागेपछि मुस्ताङका बगैंचामा यतिखेर धमाधम स्याउ टिप्ने र बजार ...

मुस्ताङमा स्याउ टिप्ने चटारो, खरिद गर्न पीसीआर रिपोर्ट अनिवार्य

ध्रुबसागर शर्माम्याग्दी । रसिला स्याउ फल्ने गतिलो ठाउँ हो मुस्ताङ । हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा यतिबेला स्याउ टिप्ने चटारो सुरु भएको छ । मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगाएतका ठाउँका स्याउ बगैंचामा लटरम्मै स्याउ फलेको छ । स्याउको राजधानी समेत भनिने मार्फा र टुकुचेका बगैंचाहरु स्याउले राताम्यै भएका छन् । पाँच […]