११ महिनाको वैदेशिक व्यापार – १७ खर्बको आयात, १ खर्ब ८५ अर्बको निर्यात

चालू आर्थिक वर्षको ११ महिने अवधिमा १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँभन्दा धेरैको आयात भएको छ । भन्सार विभागले जारी गरेको पछिल्लो तथ्यांकअुनसार ११ महिनामा १७ खर्ब भन्दा बढीको आयात भएको हो ।विभागले आज साउन–जेठ महिनाको तथ्यांक सार्वजनिक गर्दै यस अवधिमा नेपालबाट १ खर्ब ८५ अर्ब रुपैयाँको निर्यात भएको छ । यसअवधिमा नेपालको आयात २७ प्रतिशत र निर्यात ५३ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको ११ महिनाको अवधिमा १३ खर्ब ८३ अर्ब रुपैयाँको आयात भएको थियो । यस्तै, सो अवधिमा १ खर्ब २१ अर्बको

सम्बन्धित सामग्री

साढे ३ खर्बले घट्यो वैदेशिक व्यापार, आयात–निर्यात दुवैमा गिरावट

८ साउन, काठमाडौं । नेपालको वैदेशिक व्यापार साढे ३ खर्ब रुपैयाँले ओरालो लागेको छ । गत आर्थिक वर्ष (आव) २०७९/८० मा १७ खर्ब ६८ अर्ब ८७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा ३ खर्ब ५१ अर्ब ६० करोड रुपैयाँ कम हो । भन्सार विभागका अनुसार यस आवमा […]

युक्रेनको वैदेशिक व्यापार सात प्रतिशतले घट्यो

युक्रेनको वैदेशिक व्यापार सन् २०२३ को पहिलो त्रैमासिकमा वार्षिक ७ प्रतिशतले घटेर २५.८ विलियन अमेरिकी डलर पुगेको छ।राज्य भन्सार सेवाले बुधबार दिएको जानकारी अनुसार जनवरी-मार्चमा युक्रेनको निर्यात कुल १०.३ विलियन डलर र आयात १५.५ विलियन डलर रहेको छ।खाद्यान्न उत्पादनहरूले  पहिले त्रैमासिकमा युक्रेनको निर्यात आम्दानीमा सबैभन्दा ठूलो योगदान पुर्‍याएको र त्यसपछि धातु उत्पादनहरू, मेसिनहरू, उपकरणहरू, र यातायात लगायतका क्षेत्रले योगदान  दिएको जनाइएको छ।मुख्यरूपमा आयात हुने वस्तुहरूमा मेसिन, उ

दुई महिनामा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब

काठमाडौँ – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना (साउन र भदौ)मा नेपालको आयात र निर्यात दुवै घटेको छ। सो समयमा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख १५ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागले आज जारी गरेको तथ्याङ्कअनुसार गत साउन र भदौ महिनामा नेपालको कुल वैदेशिक व्यापार ३ […]

वैदेशिक व्यापार : आयात–निर्यात दुवै घट्यो

चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा वैदेशिक व्यापारका सबै सूचक नकारात्मक देखिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको साउन महिनाको तथ्याङ्क अनुसार वैदेशिक व्यापारका सबैजसो सूचक नकारात्मक देखिएका हुन् ।नेपालको आयात, निर्यात, व्यापार घाटा, वैदेशिक व्यापार र कूल व्यापारमा आयातको र निर्यातको हिस्सा पनि नेपालको पक्षमा देखिँदैन । तथ्याङ्कअनुसार नेपालको आयात १२.९० प्रतिशत र निर्यात २८.६८ प्रतिशत घटेको छ । यसका साथै, व्यापार घाटा १०.३८ प्रतिशत र कूल वैदेशिक व्यापार १४.८१ प्रतिशत खुम्चिएको विभागले

घट्यो वैदेशिक व्यापार

काठमाडौं । सरकारले स्वदेशी वस्तु निर्यातलाई जोड दिँदै वैदेशिक व्यापार बढाएर मुलुकलाई आर्थिक रूपमा सम्पन्न बनाउने लक्ष्य लिए पनि चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमै व्यापार घटेको छ । चालू आव सुरुवाती महिना गत साउनमा निर्यात मात्र नभएर आयातसमेत घटेको छ । विगतका तीन वर्ष कोरोना विश्व महामारी बहाना बनाएर पन्छिँदै आएको सरकार […]

घट्यो वैदेशिक व्यापार

काठमाडौं । सरकारले स्वदेशी वस्तु निर्यातलाई जोड दिँदै वैदेशिक व्यापार बढाएर मुलुकलाई आर्थिक रूपमा सम्पन्न बनाउने लक्ष्य लिए पनि चालू आर्थिक वर्ष २०७९-८० को पहिलो महिना साउनमै व्यापार घटेको छ । चालू आव सुरुवाती महिना गत साउनमा निर्यात मात्र नभएर आयातसमेत घटेको छ । विगतका तीन वर्ष कोरोना विश्व महामारी बहाना बनाएर पन्छिँदै आएको सरकार […] The post घट्यो वैदेशिक व्यापार appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पाकिस्तानसँगको वैदेशिक व्यापार : ५० करोडको आयात हुँदा ९ करोडको मात्रै निर्यात

दक्षिण एसियाली मुलुक पाकिस्तानसँग नेपालको वैदेशिक व्यापार घाटामा देखिएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको वैशाखसम्मको अवधिमा पाकिस्तानसँगको व्यापार घाटामा देखिएको हो । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा पाकिस्तानबाट ५० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस्तै, यही अवधिमा नेपालबाट पाकिस्तानतर्फ ९ करोड ७९ लाख रुपैयाँको वस्तु निर्यात भएको विभागले जानकारी दिएको छ ।विभागका अनुसार यस अवधिमा नेपाल र पाकिस्तान बीचको वैदेशिक व्यापार ४१ करोड २ लाख ८७ हजार रुपैयाँ घाटामा छ ।

वैदेशिक व्यापार : उछालिएको नेपालको निर्यात कति भरपर्दो ?

भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो समय नेपालको निर्यात व्यापार सुधारिन थालेको छ । यसअघि, वार्षिक दशौं खर्बौं रूपैयाँको आयात गर्ने नेपालले वर्षभरिमा मुस्किलले एक खर्बको निर्यात गथ्र्यो । गत आर्थिक वर्ष २०७७/७८ मा निर्यात व्यापारको इतिहासमै पहिलो पटक नेपालबाट १ खर्ब ४१ अर्ब रुपैयाँको निर्यात भएको थियो । त्यसअघि, नेपालले वर्षभरिमा विदेशी मुलुकलाई एक खर्ब रूपैयाँको सामान पनि बेच्दैनथ्यो ।भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको अवधिमै एक खर्ब रूपैयाँभन्दा ब

दुई महिनामा वैदेशिक व्यापार : तीन खर्बको आयात हुँदा ४४ अर्बको निर्यात

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार घाटा उच्च देखिएको छ । यस अवधिमा तीन खर्बको आयात हुँदा ४४ अर्बको निर्यात भएको छ तर यस अवधिमा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७८/७९ को भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार आयातमा ७५ दशमलव ८६ र निर्यातमा ११५।४३ प्रतिशतले वृद्धि भएको हो …

वीरगञ्ज नाकाबाट ६ खर्बको वैदेशिक व्यापार

वीरगञ्ज, साउन ७ । वीरगञ्ज नाकाबाट गत आर्थिक वर्षमा करीब ६ खर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ । वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाह भन्सारबाट गत आवमा ५ खर्ब ९३ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको हो । आईसीपी (वीरगञ्ज) भन्सारबाट ५ खर्ब १३ अर्ब रुपैयाँको मालसामान आयात हुँदा ५३ अर्ब रुपैयाँको निर्यात भएको […]