काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको भविष्यलाई उज्वल बनाउनका लागि मतदाताले योग्य व्यक्तिको चयन गर्नुपर्ने बताएका छन्।बिहीवार नेपाली कांग्रेसका संस्थापक नेता स्व.गणेशमान सिंहको १०८ औं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आसन्न मंसिर ४ गतेको निर्वाचनमा जनताले चुनेर पठाएका प्रतिनिधिहरूले संविधान सभाबाट जारी भएको संविधानलाई रक्षा गर्ने, संस्थागत गर्ने र प्रगतिको पथमा अघि बढ्नुपर्नेमा जोड दिन आवश्यक रहेको बताए।उनले कांग्रेसले नेतृत्व गरेको लोकतान