चुनावकाे कारण जिल्ला प्रशासन कार्यालय रसुवाबाट राहदानी वितरण स्थगित

रसुवा – कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले राहदानी वितरण कार्य मङ्गलवारदेखि स्थगन गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावमा कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण राहदानी वितरण लगायत चुनाव सम्बन्धी कामबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको जनाइएको छ । प्रशासनले सार्वजनिक सूचनामार्फत नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र प्रदान, संस्था दर्ता एवं नवीकरणलगायतका सबै सेवा मङ्गलवार देखी मङ्सिर ४ गतेसम्म बन्द भएको जनाएको छ ।   

सम्बन्धित सामग्री

नागरिकता भन्दा राहदानी बनाउने धेरै

गएको आर्थिक वर्ष २०७९/०८० मा नागरिकता लिनेभन्दा राहदानी लिनेको सङ्ख्या धेरै रहेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ।...

जिल्ला प्रशासन कार्यालय रसुवाद्वारा सेवाग्राहीलाई जानकारी

रसुवा – जिल्ला प्रशासन कार्यालय रसुवाले आफूले सम्पादन गरेको कामका बारेमा सेवाग्राहीलाई जानकारी दिन थालेको छ । यस अन्तर्गत कार्यालयले चालू आवको साउनदेखि यही फागुन १९ सम्मको विवरण सार्वजनिक गरेको छ । सो अवधिमा कार्यालयले एक हजार १८ नेपाली नागरिकता, दुई हजार ४३ राहदानी तथा आठ सय ६३ नागरिकताको प्रतिलिपि प्रदान गरेको छ । सहायक […]

मुख्यमन्त्री पाण्डेद्वारा जिल्ला प्रशासन कार्यालय अनुगमन

काठमाडौँ,१६ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जिल्ला प्रशासन कार्यालय मकवानपुरको आज अनुगमन गरेका छन्। उनले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता, राहदानी तथा विभिन्न सिफारिस कक्षमा पुगेर सेवाग्राहीसँग कार्यालयको सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएको थियो । सो अवसरमा उनले सेवाग्राहीलाई छिटो–छरितो सेवा उपलब्ध गराई सेवाग्राहीलाई आवश्यक पर्ने पूर्वाधार विकासका लागि पनि संरचना तयार […]

मुख्यमन्त्री पाण्डेद्वारा जिल्ला प्रशासन कार्यालय अनुगमन

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जिल्ला प्रशासन कार्यालय मकवानपुरको आज अनुगमन गरेका छन् । उनले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता, राहदानी तथा विभिन्न सिफारिस कक्षमा पुगेर सेवाग्राहीसँग कार्यालयको सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका थिए ।सो अवसरमा उनले सेवाग्राहीलाई छिटो–छरितो सेवा उपलब्ध गराई सेवाग्राहीलाई आवश्यक पर्ने पूर्वाधार विकासका लागि पनि संरचना तयार सहित सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन सम्बन्धित निकायलाई निर्देशन दिए । त्यस्तै आसन्न मङ्सिर ४

मुख्यमन्त्री पाण्डेद्वारा जिल्ला प्रशासन कार्यालय अनुगमन

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जिल्ला प्रशासन कार्यालय मकवानपुरको आज अनुगमन गरेका छन् । उनले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता, राहदानी तथा विभिन्न सिफारिस कक्षमा पुगेर सेवाग्राहीसँग कार्यालयको सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका थिए। सो अवसरमा उनले सेवाग्राहीलाई छिटो–छरितो सेवा उपलब्ध गराई सेवाग्राहीलाई आवश्यक पर्ने पूर्वाधार विकासका लागि पनि संरचना तयार सहित सेवा […]

जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबारदेखि आलोपालो सेवा दिने

केही दिन अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले यहाँका बासिन्दाका लागि बिहीबारदेखि आलोपालो सेवा दिने भएको छ ।कार्यालयले गत माघ ५ गतेबाट स्थगित गरिएका नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सिफारिस लगायतका अत्यावश्यक नियमित सेवा अर्को सूचना जारी नभएसम्म माघ २० गतेदेखि आलोपालो सेवा दिने भएको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आज यसबारेमा जानकारी दिँदै कोभिड– १९ को नयाँ भेरियन्टसहितको ओमिक्रोन सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले बन्

जिल्ला प्रशासन कार्यालय धनकुटामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

धनकुटा। जिल्ला प्रशासन कार्यालय धनकुटाले माघ १८ गते सम्मका लागि कार्यालयबाट प्रदान गर्ने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ । कार्यालयमा कार्यरत केही कर्मचारीमा कोभिडको सङ्क्रमण देखिएको र अन्यलाई समेत मिल्दोजुल्दो लक्षण देखिएकाले १८ गतेसम्म नागरिकता, राहदानी,सङ्घ संस्था दर्ता नवीकरण, पेन्सन सम्बन्धी प्रमाणित तथा सिफारिसको काम नगर्ने जिल्ला प्रशासनले जनाएको छ । शान्ति सुरक्षा, मुद्दासम्बन्धी, […]

जिल्ला प्रशासन कार्यालय काठमाडौंको सेवा स्थगित

जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख २० गते सम्मका लागि सेवा स्थगित गरेको छ। स्थगित गरिएका सेवाहरूमा नयाँ नागरिकता, नागरिकता प्रतिलिपी र नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार दर्ता नवीकरण, संस्था दर्ता तथा नविकरण र पत्रपत्रिका दर्ता रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय दोलखामा नेपाल बैंकको एक्स्टेन्सन काउण्टर

नेपाल बैंक लिमिटेडले ३९औं एक्स्टेन्सन काउण्टर जिल्ला प्रशासन कार्यालय दोलखामा शरू गरेको छ । उक्त एक्स्टेन्सन काउण्टरको उद्घाटन दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले बुधवार गरेका थिए ।  उक्त अबसरमा उनले बैंकको यस एक्स्टेन्सन काउण्टरबाट राहदानी लिन जिल्ला प्रशासान कार्यालयमा आउने, मालपोत एवं नापी कार्यालय, भीमेश्वर नगरपालिका कार्यालय लगायतमा आउने सेवाग्राहीले अझ छिटोछरितो सेवा पाउने बिश्वास ब्यक्त गर्दै बैंकले प्रदान गर्दै आईरहेका सेवा सुविधामा अझै समसामयिक सुधार गर्न सुझाव समेत दिए । उक्त अवसरम...