हेटौंडा : नेपाली कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशनअन्तर्गत मतदान प्रक्रिया साढे ८ घण्टा ढिला गरी सुरु भएको छ। बिहान ८ बजे सुरु हुने भनिएको मतदान साढे ८ घण्टा ढिलो गरी साढे ४ बजेबाट सुरु भएको हो।केही उम्मेदवारको नाम छुटेपछि पुनः मतपत्र छाप्नुपरेको थियो। यसले गर्दा मतदान प्रक्रियामा ढिलाइ भएको हो।कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ, जगदीशनरसिंह केसी र भीमसेनदास प्रधान सहित ३ जनाको उम्मेदवारी परेको छ।त्यसैगरी उपसभापतिमा ४ जनाको, महामन्त्रीमा ६ जनाको र सहमहामन्त्री महिलातर