काठमाडौं- वातावरणमैत्री निर्माण सामग्रीको प्रयोगसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । क्याथफोर्ड इन्टरनेशल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको आयोजनामा स्वदेशमै उत्पादित इको प्यानल प्रयोगकोबारे कार्यशाला गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले पछिल्लो समयम आधुनिक निर्माण सामग्रीको रुपमा विकास भएको इको प्यानलका विशेषताहरूबारे सहभागी इन्जिनियरिङका विद्यार्थीहरूलाई जानकारी गराए । इको प्यानल […]