भदौ मसान्तसम्ममा नबिल इक्विटी फण्डको एनएभी घट्यो

असोज १४, काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी फण्डले भदौ मसान्तको वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको एनएभी साउन मसान्तको तुलनामा भदौ मसान्तमा कमि आएको छ । फण्डको एनएभी साउन मसान्तसम्ममा रू. १९ दशमलव २८ रहेकोमा भदौ मसान्तमा घटेर रू. १७ दशमलव ७४ मा सीमित भएको हो । त्यसैगरी साउन मसान्तसम्ममा रू.१६ करोड २४ लाख ७८ हजार नाफा कमाएको उक्त  फण्डले भदौ मसान्तसम्ममा रू. २ करोड ९२ लाख ९६ हजार नोक्सानी व्यहोरेको छ । त्यसैगरी  फण्डले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू.१ अर्ब ४६ करोड २९ लाख ६४ हजार लगानी गरेको छ ।   उक्त फण्डले साउन मसान्तसम्ममा भने सूचीकृत शेयरमा रू.१ अर्ब ७५ करोड ३९ लाख ५० हजार लगानी गरेको थियो । यसरी हेर्दा फण्डको साउन मसान्तको तुलनामा भदौ मसान्तमा सूचीकृत शेयरमा लगानी घटेको छ । त्यसैगरी फण्डले भदौ मसान्तसम्ममा सूचीकृत ऋणपत्रमा भने रू. ११ करोड ५२ लाख ७२ हजार लगानी रहेको छ ।   

सम्बन्धित सामग्री

नबिल म्युचुअलका चारओटै फण्डको न्याभ घट्यो

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्ड, नबिल ब्यालेन्सड् फण्ड २, नबिल फ्लेक्सी क्याप फण्ड र नबिल ब्यालेन्सड् फण्ड ३ ले भदौको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार फण्डको यी चारओटै फण्डको न्याभ साउनको तुलनामा भदौमा घटेको छ ।  नबिल ब्यालेन्सड् फण्ड २ को न्याभ साउन मसान्तमा १० रुपैयाँ ६१ पैसा रहेकोमा भदौ मसान्तमा १० रुपैयाँ २९ पैसा कायम भएको हो । नबिल फ्लेक्सी क्याप फण्डको न्याभ साउन मसान्तमा ९ रुपैयाँ ६९ पैसा रहेकोमा भदौ मसान्तमा ९ रुपैयाँ ५६ पैसा कायम भएको छ । त्यस्तै नबिल ब्यालेन्सड् फण्ड ३ को न्याभ साउन मसान्तमा ८ रुपैयाँ ९० पैसा रहेकोमा भदौ मसान्तमा ८ रुपैयाँ ७६ पैसामा झरेको हो । नबिल इक्वीटी फण्डको न्याभ साउन मसान्तमा १० रुपैयाँ ५८ पैसा रहेकोमा भदौ मसान्तमा १० रुपैयाँ ४४ पैसा कायम भएको छ । यस फण्डले भदौ मसान्तसम्ममा रू. ४ करोड ५६ लाख नोक्सानी व्यहोरेको छ । साउन मसान्तमा पनि रू. २ करोड ८५ लाख नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी साउनको तुलनामा भदौमा बढेको छ । यस फण्डले भदौ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ६६ करोड ५१ लाख लगानी गरेको छ ।  नबिल ब्यालेन्सड् फण्ड ३ ले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७० करोड २१ लाख लगानी गरेको छ । यो लगानी साउन मसान्तसम्ममा रू. ७२ करोड ३२ लाख थियो । त्यस्तै यस फण्डको पनि नोक्सानी साउनको तुलनामा भदौमा बढेको छ । साउन मसान्तमा फण्ड रू. ३ करोड २ लाख नोक्सानीमा रहेकोमा भदौ मसान्तमा बढेर रू. ४ करोड ७७ लाख पुगेको हो ।   नबिल फ्लेक्सी क्याप फण्ड पनि भदौ मसान्तमा रू. १ करोड ६७ लाख नोक्सानीमा छ । भदौमा पनि फण्ड रू. १ करोड ३ लाख नोक्सानीमा थियो । यस फण्डले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २४ करोड ४७ लाख लगानी गरेको छ ।  नबिल ब्यालेन्सड् फण्ड २ ले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७९ करोड ६९ लाख लगानी गरेको छ । यो लगानी साउन मसान्तमा रू. ८१ करोड ९३ लाख थियो । यस फण्डले भदौ मसान्तसम्ममा रू. ७ करोड ८७ लाख नोक्सानी व्यहोरेको छ । साउन मसान्तमा पनि फण्ड रू. ४ करोड २९ लाख नोक्सानीमा थियो ।  नबिल इक्वीटी फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् नबिल फ्लेक्सी क्याप फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् नबिल ब्यालेन्सड् फण्ड ३ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् नबिल ब्यालेन्सड् फण्ड २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्