नेप्सेको ओरालो यात्रापछि कुन बैंकको शेयरमूल्य कति घट्यो ? सबैभन्दा बढी घट्नेमा नबिल बैंक

चैत २३, काठमाडौं । धितोपत्र दोस्रो बजारमा सर्वाधिक हिस्सा ओगटेका वाणिज्य बैंकहरूको शेयरमूल्य लगातार ओरालो यात्रामा छन् । नेप्सेले हालसम्मकै उच्च विन्दु कायम गरेको दिन भदौ २ गतेको तुलनामा सबै वाणिज्य बैंकहरूको शेयरमूल्य घट्दै गएको छ । भदौ २ गते ३ हजार २०० विन्दु पार गरेको बजार चैत २३ गते २ हजार ४२८ दशमलव ६६ विन्दुमा झरेको छ । भदौ २ गते २ हजार १०० दशमलव २५ विन्दुमा रहेको बैंकिङ समूहको उपसूचक चैत २३ गते १ हजार ५९३ दशमलव १० विन्दुमा झरेको छ । नेप्सेले ऐतिहासिक विन्दु कायम गरेको दिनको तुलनामा बैंकिङ समूहको उपसूचक ५०७ दशमलव १५ अंकले घटेको हो । नेप्से परिसूचक पनि उच्च विन्दुदेखि ७६९ दशमलव ९४ अंक तल झरिसकेको छ । समग्र बजार घट्नु र यस वर्ष बैंकहरूले दिएको बोनस शेयरमा मूल्य समायोजनबाट पनि बैंकहरूको शेयरमूल्य घटेको हो । यस वर्ष वाणिज्य बैंकहरुमध्ये एनआईसी एशिया बैंकबाहेक सबै बैंकले बोनस शेयर वितरण गरेका छन् । योबीचमा नेपाल बैंकको शेयरमूल्य सर्वाधिक प्रतिशत घटेको छ । नेप्सेले ऐतिहासिक रेकर्ड कायम गरेको दिनको तुलनामा नेपाल बैंकको शेयरमूल्य ४३ दशमलव ९७ प्रतिशत घटेको छ । भदौ २ गते प्रतिकित्ता रू. ५६४ रहेको नेपाल बैंकको शेयरमूल्य चैत २३ गते प्रतिकित्ता रू. ३१६ मा झरेको हो । नेपाल बैंकले यस वर्ष १४ प्रतिशत बोनस शेयर वितरण गरेको छ ।  नेप्सेले बोनस शेयरपछिको मूल्य रू. ३७८ दशमलव ६८ तोकेको थियो ।  समायोजन मूल्यभन्दा पनि नेपाल बैंकको शेयरमूल्य कम कायम भएको छ ।  वाणिज्य बैंकहरूमध्ये सर्वाधिक शेयरमूल्य नबिल बैंकको रहेको छ । नबिल बैंकको शेयरमूल्य भदौ २ गते रू. १ हजार ४९५ रहेको थियो । यस वर्ष ३३ दशमलव ६० प्रतिशत बोनस शेयर वितरण गरेको बैंकको शेयरमूल्य चैत २३ गते भने रू. ९६५ कायम भएको छ । नेप्सेको ऐतिहासिक रेकर्ड कायम गरेको दिनको तुलनामा नबिल बैंकको शेयरमूल्य ३५ दशमलव ४५ प्रतिशत कम भएको हो । यस अवधिमा यो बैंकको प्रतिकित्ता शेयरमूल्य रू. ५३० घटेको छ ।   भदौ २ गतेसम्म सिभिल बैंक र सेञ्चुरी बैंकको मात्र शेयरमूल्य रू. ३०० भन्दा कम थियो । चैत २३ गतेसम्मको तथ्याङ्क अनुसार १४ बैंकको शेयरमूल्य रू. ३०० भन्दा कम रहेको छ । हाल सूचीकृत २६ वाणिज्य बैंकमध्ये नेपाल बङ्गलादेश, नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको शेयर कारोबार भने रोक्का रहेको छ ।  

सम्बन्धित सामग्री

नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि सम्झौता

काठमाडौँ – नबिल बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। यस साझेदारीको साथ नबिल बैंकले अलोइको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारी साधनहरूलाई डिजिटल ऋण दिने सेवाहरूको प्रभावकारी रूपमा अन्वेषण, मूल्याङ्कन र सहकार्य गर्नेछ। नबिल बैंक लिमिटेडका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित […]

डिजिटल ग्रीन फाइनान्सिङका लागि नबिल बैंक र एलोइबीच सहकार्य

नबिल बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न एलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यस साझेदारीको साथ नबिल बैंकले एलोइको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारी साधनहरूलाई डिजिटल ऋण दिने सेवाहरूको प्रभावकारी रूपमा अन्वेषण, मूल्याङ्कन र सहकार्य गर्नेछ । नबिल बैंक लिमिटेडका वरिष्ठ नायव प्रमुख...

नबिल बैंक र अलोईबीच डिजिटल ग्रिन फाइनान्सिङका लागि समझदारी

नबिल बैंक लिमिटेडले ग्रिन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोई प्राइभेट लिमिटेडसँग समझदारी गरेको छ । बैंकले अलोईको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारीसाधनलाई डिजिटल ऋण दिने सेवाहरूको प्रभावकारी...

नबिल बैंक र मिडास एजुकेसनबीच समझदारीपत्रमा हस्ताक्षर

नबिल बैंक र मिडास एजुकेशन प्रालिबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। यो साझेदारीसँगै नबिलका ग्राहकहरूले मिडास इ–क्लासका पठनपाठनका सामग्रीहरूमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन्।  नबिलका ग्राहकहरूले मिडास इ–क्लासको एक वर्षको शिक्षण...

नबिल बैंक दुई अवार्डद्वारा सम्मानित

काठमाडौँ, ७ असोज । नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित भएको छ । यही असोज ४ गते ९२० सेप्टेम्बर० मा कम्बोडियामा सम्पन्न ग्लोवल एसएमई फाइनान्स अवार्डमा नबिल बैंकले ‘एसएमई फाइनान्सीयर अफ दि इयर, एसिया’ र ‘प्रोडक्ट इनोभेसन अफ दि इयर २०२२’ जस्ता दुई सम्मानित अवार्ड प्राप्त गर्न सफल भएको हो […]

नबिल बैंक र नेपाल बंगलादेशबीच एकीकृत कारोबार सुरू

काठमाडौँ- नबिल बैंक र नेपाल बंगलादेश बैंक मर्जर भएको छ। दुई बैंकबीच भएको प्राप्तिको सम्पूर्ण कार्य सम्पन्न भई सोमबारदेखि एकीकृत कारोबार सुरू भएको हो। सोमबार एक कार्यक्रमकाबीच दुई बैंक मर्जर भएको बताएका हुन्। मर्जरपछि नबिल बैंक लिमिटेड नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन हुने भएको छ। ‘क’ वर्गको इजाजत प्राप्त नबिल बैंकले नेपाल राष्ट्र बैंकको […]

नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार २७ असारदेखि

२३ असार, काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार असार २७ गतेदेखि सुरु हुने भएको छ । एकीकृत कारोबार ‘नबिल बैंक लिमिटेड’ नामबाट हुने छ । राष्ट्र बैंकको अनुमतिबाट नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरेको छ । अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्व नबिल बैंकले प्राप्त […]

नबिल बैंक युएसडीएमा सूचीकरण

नबिल बैंक युएस डिपार्टमेन्ट अफ एग्रिकल्चर (युएसडीए) द्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम १०२ अन्तर्गत सूचीकरण भएको छ ।  जसअनुसार बैंकले युएसडीएसँग सम्झौता गरिसकेको छ । नबिल बैंक युएसडीए कार्यालयबाट गरिएको उच्चस्तरीय मूल्याङ्कनपछि यस कार्यक्रम अन्तर्गत सूचीकृत हुने नेपालको पहिलो र एकमात्र बैंक बनेको छ । यो व्यवस्थासँगै नबिल बैंकले युएसडीएबाट निर्यात क्रेडिट ग्यारेन्टी सीमाको सुविधा प्रयोग गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । युएसडीए कार्यक्रम अन्तर

नबिल बैंक सम्मानित

काठमाडौं, १८ कात्तिक । नबिल बैंक विशिष्ट सम्मानबाट सम्मानित भएको छ । बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ मा  “SME Financier of the Year – Asia” अन्तर्गत विशिष्ट सम्मानबाट सम्मानित भएको हो । नबिल बैंक विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजित र वित्तीय समावेसीकरणको लागि न्द्दण् को ग्लोबल साझेदारी (जीपीएफआई)द्वारा अनुमोदित, […]

नबिल बैंक र आर एन्ड डी इनोभेटिभ सोलुसनबीच सम्झौता

नबिल बैंक र आर एण्ड डी इनोभेटिभ सोलुसन्स् प्रालिबीच कृषि प्राविधिकहरुलाई आवश्कताअनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवाहरु प्रदान गर्ने सम्झौता भएको छ ।साझेदारीमा हस्ताक्षर गर्दै नबिल बैंक एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल)ले बैंकले सदैव दिगो बैंकिङलाई प्राथमिकता दिइरहेको र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पु¥याउने […]