आफ्नै गाउँपालिकामा महन्थ ठाकुरलाई चुनौती

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई आफ्नै गाउँमा नेकपा एमालेले चुनौती दिएको छ । ठाकुरको गाउँपालिका पिप्रा (महोत्तरी) मा स्थानीय तह निर्वाचन केन्द्रित मामिलामा एमालेले चुनौती बढाएको हो ।१७ हजार ९२५ मतदाता रहेको सो गाउँपालिकामा महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट विनोद चौधरी अघिल्लो चुनावमा अध्यक्ष पदमा निर्वाचित भएका थिए । त्यतिबेला एमालेका तर्फबाट विक्रम चौधरी दोस्रो स्थानमा थिए भने तेस्रोमा माओवादी, चौथोमा काँग्रेस र पाँचौँमा तत्कालीन संघीय समाज

सम्बन्धित सामग्री

महन्थ ठाकुर मतदान गर्न नजाने, राजेन्द्र महतोले सर्लाही पुगे

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर मतदान गर्न नजाने भएका छन्। सर्लाहीको बलरा गाउँपालिकामा उनको मतदाता नामावली छ। तर, स्वास्थ्य अवस्था ठिक नभएकाले उनी मतदान गर्न नजाने एक नेताले बताए। ठाकुरको मतदाता नामावली सर्लाहीमा भएपनि उनी महोत्तरी–३ बाट निर्वाचित सांसद हुन्। यस्तै सोही पार्टीका नेता राजेन्द्र महतोले  सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ स्थित दुर्गाखोभारी जनता माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्ने भएका छन्। उनी त्यहाँ पुगिसकेका छन् । उनले

मधेसमा स्वशासनको अधिकार स्थापित नगरेसम्म आन्दोलन जारी रहन्छ : महन्थ ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनमार्फत मधेसी जनतालाई अधिकार सम्पन्न बनाउने बताउनु भएको छ । बीरगञ्जको पकहामैनपुर गाउँपालिकामा आयोजित एक कार्यक्रममा उहाँले मधेसमा स्वशासनको अधिकार स्थापित नगरेसम्म आन्दोलन जारी रहने बताउनुभयो । उहाँले संविधान संशोधन नै आन्दोलनको मुख्य माग भएको पनि बताउनुभयो । मधेस आन्दोलनका नेता कार्यकर्तामाथि सरकारले मुद्धा लगाएर […]

मधेसलाई स्वशासनको अधिकार दिनुपर्छ : महन्थ ठाकुर

३ असोज, वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनमार्फत मधेसी जनतालाई अधिकार सम्पन्न नबनाएसम्म आन्दोलन जारी रहने बताएका छन् । आइतबार पकहामैनपुर गाउँपालिकामा शहीद शत्रुधन पटेलको छैठौं स्मृति दिवसमा उनले मधेसमा स्वशासनको अधिकार दिनुपर्ने बताए । ‘संविधानले यस्तो अधिकार दिएको छैन । त्यसैले संविधान संशोधन नै हाम्रो आन्दोलनको माग हो । […]

सरकारी कामकाजका लागि निःशुल्क परामर्श केन्द्रको स्थापना

स्थानीय तहले जनताको काममा सहजीकरण नगरेपछि त्यहाँका स्थानीय नेताले ‘निःशुल्क परामर्श तथा सहयोग केन्द्र’ खोलेर जनताको सेवा गर्न सुरु गरेका छन् । जनता समाजवादी पार्टी नेपाल (महन्थ ठाकुर पक्ष) निकट राष्ट्रिय विद्यार्थी सङ्घका अध्यक्ष मनिष मिश्रले सर्लाही जिल्लाको रामनगर गाउँपालिकामा ‘निःशुल्क परामर्श तथा सहयोग केन्द्र’ गरेका हुन् । सो गाउँपालिकाभित्र रहेका जनतालाई आइपर्ने हरेक समस्याको समाधानका लागि लागि सहजीकरण गर्नका लागि यो केन्द्र स्थापना गरिएको अध्यक्ष मिश्रले बताए