काठमाडौँ महानगरपालिकाको उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा पाँच सदस्यीय ‘मध्यम दूरीका यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदल’ गठन भएको छ । कामपाको प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आज बसेको ६५ औँ कार्यपालिका बैठकले उक्त कार्यदल गठन गरेको हो । उक्त समितिका सदस्यमा वडा २६ का अध्यक्ष ख्याम तिवारी, वडा ३२ का अध्यक्ष नवराज पराजुली, सहरी सुव्यवस्था विभागका प्रमुख ध्रुव काफ्ले र नगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक धनपति सापकोटा रहेका छन् । समितिलाई ट्राफिक प्रहरी र याता