दल विभाजनसम्बन्धी पुरानै व्यवस्था फर्काइँदै, अब संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत अनिवार्य

काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी पुरानै व्यवस्था जगाउने भएको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा दर्ता गरेको विधेयकमा पुरानै व्यवस्था लागू गर्न लागिएको उल्लेख छ । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन अध्यादेश) २०७८ अध्यादेश खारेज भएकाले साविककै व्यवस्था राख्न आवश्यक […]

सम्बन्धित सामग्री

अध्यादेशकै चरम दुरुपयोग

११ असोज, काठमाडौं । सरकारले दल विभाजन सहज हुने गरी ल्याएको अध्यादेश सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेकी छन् । गत भदौ २ गते जारी भएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ ले पार्टीको संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत संख्या पुर्‍याएर दल विभाजन गर्न सक्ने व्यवस्था गरेको थियो । सरकारले ३२ साउनमा हठात […]

जसपामा फेरि पार्टी फुटको त्रास

सरकारमा सहभागी हुने नेताको नामावली टुंगो लाग्दै गर्दा अध्यक्ष उपेन्द्र यादवलाई जसपा फेरि विभाजन हुन त्रास छ । प्रधानमन्त्री शेर बहादुर देउवाले दल विभाजनका लागि ल्याएको अध्यादेश अहिले पनि लागू नै छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत संख्या पुगे दल विभाजन गर्न पाउनेगरी अध्यादेश जारी गरेको थियो । सोही अध्यादेशका कारण जसपाबाट विभाजन भएर महन्थ ठाकुरको अध्यक्षतामा लोसपा गठन भइसकेको छ । तत्कालीन राजपा पृष्ठभूमिका नेताहरू जसपामा आउँदा अध्यक्ष यादवले सबैलाई मन्त्री बनाउने आश्वासन दिएका थिए । तर, जसपाले ६ मन्...

राष्ट्रपतिद्वारा दल विभाजन अध्यादेश स्वीकृत, एमाले फुट्ने निश्चित

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेकी छिन्। मंगलवार सरकारले दल विभाजन सहज हुने गरि अध्यादेश राष्ट्रपति कहाँ पठाएको थियो। आज राष्ट्रपतिले अध्यादेशलाई स्वीकृत गरेकी हुन्। नेकपा एमालेभित्र विवाद बढ्दै जाँदा शेरबहादुर देउवा सरकारले एमाले विभाजन सहज हुने गरि अध्यादेश ल्याएको हो। अध्यादेशमा अब संसदीय दल…

दल विभाजन खुकुलो बनाउने अध्यादेश आजै जारी गर्ने राष्ट्रपतिको तयारी

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेकी छिन् ।  मन्त्रिपरिषद्ले मंगलवार पारित गरेको अध्यादेश बुधवार नै जारी गर्ने तयारी भएको राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले लोकान्तरलाई जानकारी दिए । राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याउनुपर्ने व्यवस्थालाई परिवर्तन गरी संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए पुग्ने व्यवस्थासहित मंगलवार सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिश गरेको थियो । प्रमुख प्रतिपक्षी दल नेकप...

अस्थिरता निम्त्याउने अध्यादेश : २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने

१ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक अस्थिरता निम्त्याउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएका छन् । यससँगै प्रमुख विपक्षी नेकपा एमाले र सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)मा फुट नजिक पुगेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पास गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशमा संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने उल्लेख […]

विभाजनको संघारमा एमाले

१ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै प्रमुख विपक्षी नेकपा एमाले फुटनजिक पुगेको छ । दोस्रो तहका नेताहरुले सहमतिको प्रयास जारी राखेका छन् । तर अध्यक्ष केपी शर्मा र वरिष्ठ नेता माधवकुमार नेपाल एकअर्कालाई दोषी देखाउने, तर […]

राजनीतिक दलसम्बन्धी अध्यादेश : माधव नेपाल समूहमै असन्तुष्टि

१ भदौ, काठमाडौं । राजनीतिक दल विभाजनलाई सहज बनाउने गरी ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशप्रति नेकपा एमालेको माधवकुमार नेपाल समूहकै नेताहरुले असन्तुष्टि जनाएको छ । उनीहरुले वरिष्ठ नेता नेपालले दल विभाजन गर्न खोजे साथ दिन नसक्ने समेत बताएका छन् । सरकारले मंगलबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्नसक्ने अध्यादेश ल्याएको […]

२० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिश

सरकारले राजनीतिक दलसम्बन्धी ऐनको विद्यमान व्यवस्था खुकुलो बनाउने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको उच्च स्रोतले जानकारी दियो ।  दल विभाजनका लागि पार्टी केन्द्रीय कमिटी र संसदीय दल दुवैतिर ४० प्रतिशत पुर्‍याउनुपर्ने व्यवस्थालाई २० प्रतिशतमा झार्ने गरी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय भएको हो । र को ठाउँमा वा समेत राखिएको छ । यसो हुँदा दुईमध्ये कुनै एक कमिटीमा २० प्रतिशत पुग्दा प...

एमाले र संसदीय दल विभाजन गर्ने कुनै पनि षड्यन्त्र क्षम्य हुदैनः ओली

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले दल विभाजन अध्यादेश ल्याउने सरकारी तयारीको आलोचना गरेको छ। पार्टीको स्थायी कमिटीले एमालेलाई विभाजन गर्नका लागि अध्यादेश ल्याइएले प्रतिवाद गर्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।  एमाले ...