३१ साउन, काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले अफगानिस्तानमा रहेका नेपालीहरुलाई तत्काल स्वदेश फर्काउन सरकारले पहल गर्नुपर्ने बताएका छन् । आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै रावलले अन्य देशले जस्तै नेपाली नागरिकलाई पनि अफगानिस्तान छाड्न नेपाल सरकारले आह्वान गर्नुपर्ने बताए । अहिलेको परिस्थितिमा सामान्य तरीकाले काम गरेर नहुने बताउँदै उनले भने, ‘सम्बन्धित नियोगलाई […]